काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरु सरल…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । ‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ।…
काठमाडौँ । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ । स्वीजरल्याण्डको जेनेभामा भएको उच्चस्तरीय वार्तामा अमेरिका र चीन ९० दिनका लागि नयाँ भन्सार दर स्थगित गर्न सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौता अन्तर्गत ११५ प्रतिशत भन्सार दर ९० दिनका लागि स्थगित गर्न सहमत भएको जानकारी दिएका हुन् । त्यस्तै चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकाविरुद्ध गत अप्रिल २ देखि लगाइएको भन्सार दर ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ । नयाँ सहमति अनुसार अमेरिकाले चीनलाई हाल लगाएको १४५ प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत गर्ने भएको छ भने चीनले अमेरिकालाई लगाएको १२५…
काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् । अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।' उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् । ३९ बर्षिय हर्डले लेखेकी छन्- 'मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु…
काठमाडौँ । भारत-पाकिस्तान युद्धविराम पछि भारतमा बन्द गरिएका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत-पाकिस्तान तनावको बीचमा, यी विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको थियो । भारतीय विमानस्थल प्राधिकरणका अनुसार नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल प्रभावबाट नागरिक विमान सञ्चालनका लागि उपलब्ध भएका छन् । विज्ञप्तिमा, यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ । एयरलाइन्स कम्पनीहरुले सेवा सामान्य हुन केही समय लाग्न सक्ने बताएका छन् ।
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले शहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए । गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ । “नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक…
file image हुम्ला – हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ मा पर्न लिमि लाप्चा खण्ड अन्तरगत न्यालु लेख महिनाै दिन पछि खुलेको छ। बाक्लो हिमपातले अवरुद्ध भएको ४ हजार ९९० मिटर उचाइमा रहेको न्यालु लेख पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाएपछि खुलेको नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिनुभयो। पुस, मङ्सिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमि लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू नाम्खा गाउँपालिका -६ का स्थानीयलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो। पूर्वाधार विकास कार्यालय हुम्लाले डोजरबाट हिउँ पन्छाएपछि महिनौँदेखि अवरुद्ध सडक खुलेको तामाङले बताउनुभयो। उहाँका अनुसार अब लिमि लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न…
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धविराम टिप्पणी गरेका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन अगाडि मात्रै हाम्रा छिमेकबीच हात हालाहालको स्थिति बनेको र त्यो हात हालाहाल बढ्न नपाएको टिप्पणी गरेका हुन् । उनले नेपालले सुरुदेखिनै लडाई विस्तार हुन नपाओस् है भनेर भनेको उल्लेख गर्दै लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए । साथै प्रधानमन्त्री ओलीले उनीहरुसँग कुरा गरेको र दुवै देशले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे । उनले भने- 'केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर…
काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट…