बाँके। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलनलाई नेपाल मात्र नभई विश्व राजनीतिमा पनि प्रेरणाको स्रोत भएको बताएका छन्। अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले यसो भनेका हुन्। उनले जनयुद्धको समय महिला सहभागिता सुनिश्चित गर्नको लागि विशेष ध्यान दिइएको र त्यसका कारण क्रान्तिमा महिला नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने, "नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ।" उनले जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला सैनिक रहेको र महिला कमाण्डरहरुले नेतृत्व गरेका सबै लडाइँ जितिएका तथ्यलाई स्मरण गरे। महिलाको सहभागिता…
बाँके। राजावादी जनप्रदर्शनका प्रमुख अगुवा दुर्गा प्रसाईंको खोजी अब नेपाल प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धानलाई विशेष ब्यूरोमा सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको अनुमान गरिएको छ, जसका कारण सुराकी संकलन र उनलाई फिर्ता ल्याउने प्रक्रियामा थप चुनौती उत्पन्न भएको छ। सुरक्षा निकायका अनुसार, उनलाई कहाँ रहेको भन्ने यकिन जानकारी नभए तापनि विभिन्न कूटनीतिक र प्रविधिगत माध्यमबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको छ। यसअघि, चैत्र १५ गतेको घटनापछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भए पनि सफलतासाथ पक्राउ गर्न सकिएको थिएन। सरकार अब उनलाई कानुनी दायरामा ल्याउन विशेष…
काठमाडौं : नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि सम्झौता तथा सहमतिपत्र आदानप्रदान भएको छ । संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस्तै, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ वटा सहमतिपत्र आदानप्रदान भएको सचिवालयले जनाएको छ ।
म्याग्दी। मालिका गाउँपालिका वडा नम्बर ५ र धवलागिरि गाउँपालिका वडा ७ वडाको सिमाना भएर बग्ने दाङखोला नदीमा १८ मिटर लामो पुल निर्माण गर्न २०७५ सालमा सम्झौता गरिएको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि उक्त पुलको निर्माण काम सुरु हुन सकेको छैन। धवलागिरि गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, २०७८ साल जेठ महिनामा सम्पन्न हुने भनिएको पुल निर्माण आजसम्म पनि निर्माण कार्य आरम्भ भएको छैन । विसं २०७५ मा निर्माण भएको अस्थायी पुल जीर्ण अवस्थामा पुगेको र त्यसको स्थानमा नयाँ पुल निर्माण नगर्दा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा गम्भीर समस्या भइरहेको छ। पुलको निर्माणस्थल म्याग्दीखोला जलविद्युत्…
बाँके। सामाजिक सञ्जाल व्हाट्सएप मार्फत फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारी निवासी ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा खुलासा भएको अनुसार, उनले विभिन्न विदेशी नम्बरबाट व्हाट्सएपमा संदेश पठाउँदै आफूलाई 'लोरेन्स बिस्नोई' र 'अनमोल बिस्नोई'को नाममा परिचय दिँदै ५ करोड भारतीय रुपैया फिरौती मागेका थिए। उनले रकम नदिए ज्यानको खतरा हुने चेतावनीसमेत दिएका थिएको प्रहरीले बताएको छ । प्रहरीले क्षेत्रीको मोबाइल फोनमा विदेशी नम्बरको व्हाट्सएप खाता खोलिएको र उक्त खातामार्फत म्यासेज पठाएको प्रमाणहरु फेला परेका छन् । अनुसन्धानका क्रममा, लोरेन्स बिस्नोई भारतीय…
जीतपुरसिमरा। जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता १५ औं संस्करणको उद्घाटन यसै साता सिमरा रंगशालामा हुने भएको छ। आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार, प्रतियोगिता फ्लड लाइटमा हुने छ र यसमा ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गरिएको हो। प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरलाई १५ हजार रुपैयाँ र ट्रफीसहित…
विराटनगर। कोशी प्रदेश सरकारले आगामी २०८२ सालका लागि ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संघीय सरकारले दिएको बिदाबाट अतिरिक्त ६ दिनको बिदा थप गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न पर्व र परम्पराका आधारमा बिदा थप गर्ने निर्णय गरेको हो। बैठकले बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट), भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्री भण्डारीका अनुसार, विशेषत: कोजाग्रत पूर्णिमाको दिनका…
काठमाडौं। युट्युब च्यानल गुड टिभीकी सञ्चालिका गंगा लामा पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार, लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो। साइबर ब्यूरोले उनलाई केही दिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने आपत्तिजनक शिर्षकमा भिडियो सामग्री प्रसारण गरेको आरोपमा पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ घर भएकी लामा काठमाडौंमा बस्दै आएकी थिइन्। प्रहरीले उनलाई विद्युत् अपराधसम्बन्धी कसुरको अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो।
जलेश्वर। सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ। मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आजको दिन विशेष गरी मिथिलाञ्चलमा धूमधामले खरना पर्व मनाउने परम्परा रहेको छ। खर्ना पर्वको अवसरमा मिथिलामा व्रतालु महिलाहरु दिनभर निर्जल एवं निराहार उपवासी बसेर साँझमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गर्दै सूर्य भगवान र छठी मातालाई चैती छठ पर्वको निम्तो दिन्छन्। जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकका अनुसार, खरना पर्वको दिन व्रतालु महिलाहरु साँझमा घरघरमा पूजा गरेर प्रसाद चढाउने चलन रहेको छ। व्रती महिलाहरु खरना पर्व…
बाँके। पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो। लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पञ्जाबको जितमा ओपनर प्रभसिमरन सिंहले शानदार ६९ रनको योगदान गरे, जसमा उनले ३४ बलमा ९ चौका र ३ छक्का हिट गरे। उनले कप्तान श्रेयस ऐरसँग मिलेर दोस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे। कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको साथ ५२ रनमा नट आउट रहे। तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी…