रन्जित शाह बर्दिया कारागार भित्रबाट ५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ । असार १२ गते विहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी टोलीले चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिया कारागारमा रहेका कैदीबन्दीको विस्तरामा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारेको कुरा प्रहरी नायव उपरिक्षक चक्र बहादुर डमरपालले बताउनुभयो । उहाँले यस विषयमा थप अनुसन्धान समेत भईरहेको जानकारी गराउनुभयो । कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तानी गरिरहेका सोहन ढकालको विस्ताराबाट उक्त लागुऔषध बरामद भएको स्रोतले बताए । स्रोतले भने, “कारागार भित्रबाट नै लागुऔषध बरामद हुनु गम्भीर विषय हो ।…
बर्दियाकाे राजापुर नगरपालिका र कैलाली जिल्ला जाेड्ने कर्णाली नदीको सत्तिघाट पुल नभासिएकाे र हिँड्न सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले स्पष्ट पारेकाे छ । प्रशासनले सामाजिक सञ्जालमा साे पुल भासिई असुरक्षित रहेको भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रचार पूर्ण रूपमा भ्रामक भएको प्रष्ट पारेकाे हाे । असार १५ गते केही व्यक्तिहरूले टिकटक तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा पुल भासिएकाे भिडियो अपलोड गरेपछि प्रशासनले ध्यानाकर्षण पत्र जारी गर्दै उक्त भिडियाेमा देखाईएकाे दृश्यहरू विगत वर्षकाे र यस वर्ष कुनै समस्या नरहेकाे बताएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा झूठो र भ्रामक जानकारीसहित भिडियो अपलोड गरी त्रास फैलाउने…
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित सुहेलुवामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उत्साहपूर्वक मनाईएकाे छ । उक्त कार्यक्रम एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा मनाईएकाे हो । ‘धान बालीमा संलग्नता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालको अध्यक्षता रहेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हाम्रो संस्कृति धानमा आधारित रहेकाले यस दिवसलाई पर्वकै रूपमा मनाउने गरिएको बताउनुभयाे । उहाँले मल अभावबारे चिन्ता व्यक्त गर्दै…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । “रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भने, “रोजगारविहीन भएकामध्ये दुई सय ४३…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनुन उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्…
काठमाडौँ । पाकिस्तानले आफ्नो हिरासतमा लिएको भारतीय बीएसएफ जवान पूर्णम कुमार साहुलाई रिहा गरेको छ । साहु बुधबार अटारी–वाघा नाकाबाट भारत फर्किएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साहु पछिल्लो २० दिनदेखि पाकिस्तानको हिरासतमा थिए । साहु अप्रिल २३ मा गल्तिले पाकिस्तान पुगेका थिए । त्यसबेलादेखि उनी पाकिस्तानी रेन्जर्सको कब्जामा थिए । डीजीएमओ स्तरमा भएको वार्तापछि उनलाई रिहा गरिएको बताइएको छ । हाल उनलाई बीएसएफ अधिकारीहरूसँग स्वास्थ्य जाँचको लागि पठाइएको र उनलाई सोधपुछ गरेर घर जान दिइने बताइएको छ ।
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
काठमाडौँ- काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो । काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा सरकारका नियमित कामकाजसँगै सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनलगायतका विषयमा निर्णय हुने बताइएको छ। आजको बैठकले केही संवैधानिक पदमा नियुक्ति गर्न सक्ने प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैँ गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।