काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। पार्टीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापनपत्र बुझाउँदै गृहमन्त्रीको राजीनामा आवश्यक रहेको स्पष्ट पारेको हो। राप्रपाले तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनको माग समेत गरेको छ। राप्रपाको भनाइ अनुसार, तीनकुने घटनामा गृहमन्त्री रमेश लेखकको भूमिका संलग्न रहेको कारण उनको राजीनामा अनिवार्य छ। पार्टीले प्रदर्शनका क्रममा प्रहरी र प्रशासनिक नेतृत्वको गलत क्रियाकलापको आरोप लगाउँदै घटनामा संलग्न प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गर्नुपर्ने माग राखेको छ। तीनकुने घटनाको पृष्ठभूमि, गत महिना तीनकुने क्षेत्रमा भएका राजावादीहरुको विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको राजावादीहरुको आरोप छ । प्रदर्शनकारी र प्रहरीले आपसमा…
बाँके। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको पार्टी एकीकरण प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। पछिल्लो समय दुवै पार्टीका नेताहरू सघन छलफलमा जुटेका छन्, र एकता प्रक्रिया छिट्टै टुंग्याउने तयारी भइरहेको छ। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार, "आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको छ र आगामी वैशाख १५ भित्रै एकीकरणको घोषणा गरिनेछ।" उनले थपे, "नयाँ पार्टीको नाम, झण्डा, र चुनावका विषयमा सहमति भइसकेको छ, र अहिले पार्टीको विधान तयार गर्नका लागि काम भइरहेको छ।" पार्टी एकीकरणको प्रक्रियामा दुवै दलका कार्यदलहरूले विभिन्न बैठकहरूको आयोजना गरेर सहमतिको विन्दु पहिल्याउने प्रयास गरिरहेका छन्। अब्दुल खानका अनुसार, वैशाखको पहिलो सातामा एकीकृत विधान…
बाँके। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलनलाई नेपाल मात्र नभई विश्व राजनीतिमा पनि प्रेरणाको स्रोत भएको बताएका छन्। अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले यसो भनेका हुन्। उनले जनयुद्धको समय महिला सहभागिता सुनिश्चित गर्नको लागि विशेष ध्यान दिइएको र त्यसका कारण क्रान्तिमा महिला नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने, "नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ।" उनले जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला सैनिक रहेको र महिला कमाण्डरहरुले नेतृत्व गरेका सबै लडाइँ जितिएका तथ्यलाई स्मरण गरे। महिलाको सहभागिता…
बाँके। राजावादी जनप्रदर्शनका प्रमुख अगुवा दुर्गा प्रसाईंको खोजी अब नेपाल प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धानलाई विशेष ब्यूरोमा सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको अनुमान गरिएको छ, जसका कारण सुराकी संकलन र उनलाई फिर्ता ल्याउने प्रक्रियामा थप चुनौती उत्पन्न भएको छ। सुरक्षा निकायका अनुसार, उनलाई कहाँ रहेको भन्ने यकिन जानकारी नभए तापनि विभिन्न कूटनीतिक र प्रविधिगत माध्यमबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको छ। यसअघि, चैत्र १५ गतेको घटनापछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भए पनि सफलतासाथ पक्राउ गर्न सकिएको थिएन। सरकार अब उनलाई कानुनी दायरामा ल्याउन विशेष…
जनकपुर। मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित तीन महत्त्वपूर्ण विधेयकलाई प्रमाणीकरण गरेकी छन्। यी विधेयकहरू प्रदेशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। आज, प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको विकास र प्रवर्द्धन, कृषि विकास र बालअधिकार संरक्षण सम्बन्धी तीन विधेयकहरूलाई प्रमाणीकरण गरिन्। यी विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो। पहिलो विधेयक, "मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" ले प्रदेशभर पर्यटनलाई प्रोत्साहन गर्ने नीति र योजना तय गर्नेछ। यसले मधेसको समृद्धि र पर्यटकीय सम्भावनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ। दोस्रो विधेयक, "प्रदेश कृषि विकास सम्बन्धमा…
विराटनगर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनआन्दोलनलाई यथार्थको दृषटिकोनबाट मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ। उहाँले कुनै पनि व्यक्तिले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने धारणा राख्नुभयो। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै माधव नेपालले भने, “जो सुकैले पनि जनतालाई भेला पार्न सक्छ, तर यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण छ। त्यस्तै, अहिलेको समयका आवश्यकतासँग ती मुद्धाहरू मेल खान्छन् कि खाँदैनन् भन्ने कुरा पनि विचार गर्नुपर्छ।” पूर्व प्रधानमन्त्री नेपालले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना पनि नकार्नुभयो। उहाँका अनुसार, नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन। “राजतन्त्रको पुनःस्थापना असम्भव छ, र यसको आवश्यकता पनि छैन,”…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन्। आइतबार बिहान जब काठमाडौँ महानगरको प्रहरी टोली पत्र लिएर निर्मल निवास पुगेको थियो। पुर्वराजा ज्ञानेन्द्र शाहको निवासबाट प्रहरीले पत्र बुझ्न अस्वीकार गरेपछि मेयर बालेनले उक्त पत्र हुलाकमार्फत पठाएको काठमाडौ महानगर पालिका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले जानकारी गराएका छन् । काफ्लेले भने, "निर्मल निवासले पत्र बुझ्न अस्वीकार गरेपछि केही समय अघि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको छ।" शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा फोहर, तोडफोड र आगजनी गरेपछि काठमाडौँ महानगरपालिकाले पूर्व राजा शाहलाई आठ बुँदामा विभाजित गरी लिखित रूपमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्रमा तोकिएको…
काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङलाई अब राजावादी आन्दोलनको नेतृत्व दिने निर्णय गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्। उनले भने, "सरकारले मलाई नजरबन्दमा राखेको कारण मेरो अनुपस्थितिमा यो आन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नेछन्।" उनले आन्दोलनलाई निरन्तरता दिन सबै दल र संघसंस्थासँग सहयोगको अपिल पनि गरे। व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा, चैत ४ गते राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो, जसको नेतृत्व सुवेदीले गरेका थिए। साथै, प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डरको रूपमा नियुक्त गरिएको थियो।
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङको रिट निवेदन सर्वोच्च अदालतको इजलासले ‘हेर्न नमिल्ने’ निर्णय गरेको छ। आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासले उक्त रिटलाई पन्छाएको हो। यस्तै, विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको थियो र त्यसको निर्णय पनि समान रुपमा आएको छ। अघिल्लो शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबार सम्पन्न बैठकले शुक्रबारको हिसांत्मक घटना सरकारकै कारण भएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारी दमनले हिंसा निम्त्याएको दाबी गरेका हुन्। राप्रपाले शुक्रबार ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न र उनका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गरेको छ। शुक्रबारको घटनाको निष्पक्ष छानबिनका लागि जाँचबुझ समिति बनाउन र आफ्ना दुई नेताहरू रविन्द्र मिश्र र धवलशमशेरलाई २४ घन्टाभित्र रिहा गर्न पनि राप्रपाले आग्रह गरेको छ।