Skip to main content

Babai News

Breaking News 1

एपिएफले रुपन्देही ११ लाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनायो।

एपिएफले रुपन्देही ११ लाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनायो।

बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा एपिएफ फुटबल क्लबले स्थान बनाएको छ। आइतवार आयोजित खेलमा एपिएफले आयोजक रुपन्देही ११ लाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। खेलको सुरुआतमा स्थगन गरिएको खेललाई आज पुनः जारी गर्दा एपिएफले आफ्नो १-० को अग्रतालाई जोगाउन सफल भएको हो। कप्तान हरि कार्कीले १७ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। खेलमा रुपन्देही ११ का केही राम्रा अवसरहरू असफल हुँदा उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्। विशाल गुरुङलाई 'प्लेयर अफ दी म्याच' पुरस्कार एपिएफका विशाल गुरुङलाई 'प्लेयर अफ दी म्याच' पुरस्कार दिइएको छ। उनले ११ हजार १ सय ११ रुपैयाँ…
Read More
जनताबाट प्राप्त विश्वास र माओवादी एकतामा प्रचण्डले  दिए जोड।

जनताबाट प्राप्त विश्वास र माओवादी एकतामा प्रचण्डले दिए जोड।

बाँके। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले आफूमाथि गहिरो भरोसा गरेको बताएका छन्। शनिबार चितवनको भरतपुरमा आयोजित तराई–मधेश जागरण अभियानको कार्यक्रममा सम्बोधन गर्दै उनले जनताबाट प्राप्त विश्वास र समर्थनको महत्त्व उल्लेख गरेका छन् । उनले भने, "जनताको घर–घरमा गएर फूल लिएको छु, मानिसहरू अब म माथि भरोसा राख्छन्, यो ऊर्जा नेताका लागि ठूलो हो।" प्रचण्डले माओवादी दलका सबै समूहलाई एकताबद्ध हुने आवश्यकता उल्लेख गर्दै त्यसका लागि आफूले जुनसुकै कदम चाल्न पनि तयार रहेको बताए। २०८४ को निर्वाचनमा भ्रष्टाचारी र भूमाफियाहरूको दिन सकिने विश्वास व्यक्त गर्दै उनले माओवादीको एकतासँगै देशमा परिवर्तन ल्याउने उद्देश्य राखेका छन्। "हामी सबै एक भएर…
Read More
आइपिएल २०२५ आजदेखि सुरु, पहिलो खेल केकेआर र आरसिबी बीच।

आइपिएल २०२५ आजदेखि सुरु, पहिलो खेल केकेआर र आरसिबी बीच।

  बाँके। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यस सिजनमा केकेआरको कप्तानी अजिंक्य रहाणेले गर्नेछन्, जबकि आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदारलाई दिइएको छ। यो सिजन आइपिएलको १६औं संस्करण हो, जसमा १० टोली सहभागिता जनाउँदै ७४ खेल हुनेछन्। आइपिएलको पहिलो डबल हेडर आइतवार हुनेछ। पहिलो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच हुनेछ। साँझको खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच चेपक रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। सिजनको फाइनल मेला मे २५ मा इडेन गार्डेन्समा…
Read More
सुनसरीको परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन।

सुनसरीको परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन।

इटहरी| सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन चार जना निरीक्षकलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ। शुक्रबार दुहवी र गढीका सरस्वती माध्यमिक विद्यालयमा कार्यरत दुई-दुई जना निरीक्षकलाई अनधिकृत गतिविधि र विषय शिक्षक राखेको आरोपमा निष्कासन गरिएको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा बनेको टोलीले ऊनीहरु माथि कार्यवाही गरेको हो। केन्द्राध्यक्षलाई भविष्यमा त्रुटि नगर्न सचेत गराइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन् । सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५ सय ७३ परीक्षार्थी सहभागी छन्, र परीक्षा शान्त, व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्नका लागि सबै केन्द्राध्यक्षलाई आवश्यक निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रले दिएको छन् ।
Read More
विदेशी नागरिकको अवैध बसाइ, प्रशासनले २४ घण्टामा खाली गर्न दिइयो आदेश।

विदेशी नागरिकको अवैध बसाइ, प्रशासनले २४ घण्टामा खाली गर्न दिइयो आदेश।

कैलाली। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ९ स्थित सिमली जंगलमा विगत २० दिनदेखि अवैध रूपमा विदेशी नागरिक बस्दै आएका छन्। करीब १ सय ५० जना विदेशी नागरिक विभिन्न देशबाट यहाँ बसिरहेका छन्, जसमा इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, फ्रान्स, आइभरीकोस्ट, ग्रीस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन र स्पेन लगायतका १८ देशका नागरिक समावेश छन्। सो क्षेत्रका नागरिकले जंगलमा भाङ, गाजा र अन्य मादक पदार्थ सेवन गर्दै अर्धनग्न अवस्थामा बस्ने गरेको र ७ देखि ४५ वर्षका व्यक्तिहरू सँगै बसिरहेका छन्। साथै, सो स्थानमा कुनै प्रकारको कानूनी प्रक्रिया पूरा नगरी बस्ने गरेका यी विदेशी नागरिकहरूले स्थानिय सरकार वा…
Read More
पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै तेस्रो टि ट्वान्टी आईमा ९ विकेटको जित हात पार्यो।

पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै तेस्रो टि ट्वान्टी आईमा ९ विकेटको जित हात पार्यो।

अकल्याण्ड। पाकिस्तानले न्युजिल्याण्डलाई ९ विकेटले हराउँदै ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनायो। पाकिस्तानले २ सय ५ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानको जितमा हसन नवाजको शतक प्रमुख बन्यो। नवाजले नट आउट रहँदै १ सय ५ रन बनाएका थिए। ४४ बलमा पहिलो शतक पूरा गरेका नवाजले ४५ बलको सामना गर्दै १० चौका र ७ छक्का प्रहार गरे। पाकिस्तानको कप्तान सलमान आगाले ३१ बलमा ६ चौका र २ छक्काको सहयोगमा नट आउट ५१ रन जोडे। मोहम्मद हरिसले २० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४१ रन बनाए। न्युजिल्याण्डको पारीमा मार्क च्याम्पम्यानले ९४ रन…
Read More
इजरायलका सुरक्षा प्रमुख बर्खास्त

इजरायलका सुरक्षा प्रमुख बर्खास्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन् । इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने निर्णयलाई अनुमोदन गरेको हो । बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि सुरक्षा प्रमुखको रुपमा नियुक्त गरिएको थियो । गत आइतबार प्रधानमन्त्री नेतन्याहुले एक भिडियो वक्तव्यमार्फत बारलाई बर्खास्त गर्ने आफ्नो मनसाय रहेको बताएका थिए ।
Read More
प्रचण्डले ८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट गरे।

प्रचण्डले ८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट गरे।

पर्सा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा आफू नरहेको स्पष्ट पारेका छन्। वीरगञ्जमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कार्य गर्दै, सुशासन कायम राख्ने र आर्थिक विकासका लागि निरन्तर आवाज उठाउँदै आएका थिए। अध्यक्ष प्रचण्डले भने, "सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।" अध्यक्ष प्रचण्डले सरकारमा रहँदा मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम भएको र भ्रष्टाचार विरुद्ध ठोस कदम चालिएको उल्लेख गरे। उनले भन्छन्, "सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने काम माओवादीले गर्दैन्म ।" उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति…
Read More
बबई नाकामा स्वचालित सिसी क्यामेरा जडान।

बबई नाकामा स्वचालित सिसी क्यामेरा जडान।

बाँके। कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ। यस प्रविधिले कर्णाली प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको नम्बर प्लेट पहिचान गर्दै आवश्यक विवरण कम्प्युटरमा लिपिबद्ध गर्ने कार्य गर्नेछ। क्यामेरा जडानसँगै सवारी साधनहरूको रोकथाम र मैन्युअल नम्बर दर्ता गर्ने प्रक्रिया हटेको छ, जसले गर्दा अब गाडीहरू बबई नाकामा बिना रोक टोक आवागमन गर्न सक्नेछन्। मुख्यमन्त्री यामलाल कँडेलले यस प्रविधिको उद्घाटन गर्दै यसले कर्णाली प्रदेशमा सुरक्षित यात्रा र प्रविधिमैत्री प्रहरी सेवाको सुनिश्चितता हुने बताएका छन् । क्यामरा जडानका लागि ९ लाख ७५ हजार बजेट तोकिएको थियो, र क्यामरा कन्ट्रोल गर्नको लागि आवश्यक भवन…
Read More
सञ्चार सचिवको विदेश भ्रमण जाँदा कार्यक्रम छोडेर सपिङमा मस्त ।

सञ्चार सचिवको विदेश भ्रमण जाँदा कार्यक्रम छोडेर सपिङमा मस्त ।

काठमाडौं। सरकारको स्वीकृतिमा स्पेनको बार्सिलोनामा भएको ‘मोबाइल वर्ल्ड कंग्रेस’ कार्यक्रममा नेपाली प्रतिनिधिमण्डल सहभागी हुन गएका सञ्चार सचीव सपिङमा व्यस्त भएका छन् । उनीहरूले कार्यक्रममा सहभागी नभएर र निजी भ्रमणमा व्यस्त रहेर नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा दाग लगाएका छन्। सञ्चार सचिव राधिका अर्याल र उनका टोलीका सदस्यहरूले सरकारी स्वीकृति लिएर उक्त कार्यक्रममा सहभागी भए पनि प्रमुख मिटिङमा अनुपस्थित रहेर घुमघाम र सपिङमा समय बिताएका हुन् । कार्यक्रम आयोजकले नेपाली टोलीलाई प्यानलिष्टको रूपमा आमन्त्रित गरेको थियो, तर उनीहरूले सरकारी प्रतिनिधिका रूपमा कार्यक्रममा भाग लिन नपाएका कारण नेपाल सरकारको छवि माथी प्रश्न उठेको छ। नेपाली टोलीको अनुपस्थितिका कारण मोबाइल वर्ल्ड कंग्रेसमा जीएसएम र नेपालको…
Read More