Skip to main content

Babai News

Breaking News 1

निराजन बमलाई रिहा गर्न धवलको माग।

निराजन बमलाई रिहा गर्न धवलको माग।

बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार प्रहरीले निराजन बमलाई मकवानपुरबाट पक्राउ गरेको हो। प्रहरीले निराजनलाई पक्राउ गरेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।
Read More
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि  क्याथेल्याब मेसिन…
Read More
ईराकी प्रधानमन्त्रीले आइएसाइको एक पदाधिकारी मारेको बताए।

ईराकी प्रधानमन्त्रीले आइएसाइको एक पदाधिकारी मारेको बताए।

बाँके। इराकका प्रधानमन्त्री मोहम्मद अल-सुदानीले शुक्रबार इस्लामिक स्टेट आइ एस आइ समूहका एक उच्च पदाधिकारी मारेको जानकारी दिएका छन्। सुदानीले एक विज्ञप्तिमा भनेका छन् कि इराकका लागि "खलीफा उप सहायक, अब्दुल्ला मकी मसलह अल-रफाई" मारिएका छन्। अल-रफाई कति समय अघि र कहाँ मारेका थिए, विज्ञाप्तीमा त्यो भने स्पष्ट गरिएको छैन। यद्यपि यसमा अमेरिकाको कस्तो भूमिका थियो भन्ने विवरण आएको छैन। इराकी प्रधानमन्त्रीले भनेका छन् कि इराकका गुप्तचर सेवा कार्यालयको "सफल अपरेसन"मा अल-रफाई मारिएका हुन्। सुदानीले यसलाई आफ्नो देशका लागि "महत्वपूर्ण सुरक्षा उपलब्धि" भनेर वर्णन गरेका छन्। त्यसै समयमा, इराकका विशेष अपरेशन्स बलहरूले एक सामाजिक मिडिया पोष्टमा भनेका छन् कि अल-रफाई…
Read More
टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार  बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको  दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो।  उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर  गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…
Read More
काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

फाइल तस्वीर । काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् । पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले  आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।” पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी…
Read More
पाठेघरको मुखको क्यान्सर  स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
Read More
शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

  मङ्गलबारे फागुन ७ ।।  शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ  मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले  अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…
Read More
भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…
Read More
डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका सेमिफाइनलमा

  मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा  फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको  प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।…
Read More

बिर्तामोड नगरपालिका द्वारा पशुपालक कृषकहरुलाई चापकटर बितरण

  बिर्तामोड, ६ फागुन : बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामाग्री बितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै…
Read More