Skip to main content

Babai News

दुर्घटना

गोरखा र कास्कीमा चट्याङ लागेर तीनको मृत्यु, दुईजना घाइते

गोरखा र कास्कीमा चट्याङ लागेर तीनको मृत्यु, दुईजना घाइते

गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो । आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै  आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी…
Read More
बोलेरो दुर्घटनामा महिलाको मृत्यु, नाबालक छोरा घाइते।

बोलेरो दुर्घटनामा महिलाको मृत्यु, नाबालक छोरा घाइते।

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ जुकेमा बोलेरो गाडी दुर्घटनामा परेर ३२ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतकका १८ महिने नाबालक छोरा घाइते भएका छन्। शनिबार  ५ः१५ बजेतिर सोताङबाट जुकेतर्फ छुटेको बोलेरो गाडी (प्र ३–०१–०२४ च ६८१४) कच्ची सडकमा सामान झार्ने क्रममा चिप्लिएर ३ सय मिटर तल भिरमा खसेको हो। दुर्घटनामा परेर सोताङ-५ की सरिता राई गम्भीर घाइते भइ भिरमा अड्किएकी थिइन्। उनलाई उद्धार गरी सोताङ प्राथमिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकका छोरा रेवन राई सामान्य घाइते भएका छन् र उनको अवस्था खतरामुक्त रहेको जानकारी…
Read More
रतुवामाइमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु।

रतुवामाइमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु।

बाँके। मोरङको रतुवामाइ नगरपालिकावडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रवार राति भएको एक भीषण मोटरसाइकल दुर्घटनामा एक दम्पत्तीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्तिहरू रतुवामाइ-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी ३५ वर्षीया पत्नी वामनी हेमराम हुन्। सोम टुडू रतुवामाइ नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ट्रायक्टर चालक रहेका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, राति १० बजे उक्त दुर्घटना भएको हो। मोटरसाइकल दुर्घटनामा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो, जसका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको छ।
Read More
धनुषामा भालुको आक्रमण, एक व्यक्ति गम्भीर घाइते।

धनुषामा भालुको आक्रमण, एक व्यक्ति गम्भीर घाइते।

  धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा शनिबार बिहान घाँस काट्न गएका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका निवासी दुलाललाई स्थानीयहरूले तत्काल उद्धार गरी जनसेवा अस्पताल बर्दिबास पुर्याएका थिए। प्राथमिक उपचारपछि उनलाई काठमाडौंको ट्रमा सेन्टरमा रेफर गरिएको छ, जहाँ उनको अनुहारमा गम्भीर चोटपटक देखिएको छ। स्थानीय प्रशासन र वन कार्यालयले वन क्षेत्रमा जान सक्ने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्, ताकि यस्ता घटनाहरू भविष्यमा घट्न नदिन सकियोस्।
Read More
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु।

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु।

विराटनगर। मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा पति–पत्नीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार, राति १०:१० बजे आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सोम टुडू (४२ वर्ष) र उनका पत्नी वामनी हेमराम (३५ वर्ष) काे मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीयले दुवै जनालाई उद्धार गरी रंगेली अस्पताल पठाएका थिए, जहाँ उपचारका क्रममा दुवैको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुल्न आएको छ। इलाका प्रहरी कार्यालय सिजुवाले घटनाको अनुसन्धान सुरु गरेको…
Read More
बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते।

बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते।

बैतडी । बैतडीमा शुक्रवार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप दशरथचन्द नगरपालिका वडा नम्बर ११ को नानीगाडमा दुर्घटनामा परेको हो। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो। यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका वडा नम्बर १० कि ३० वर्षीया कविता परियार घाइते भएका छन्। सबै घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालकसहित चार…
Read More
नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

बाँके। म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित घाइतेहरूको उद्धार गर्न नेपाली सेनाले म्यानमारको मन्डले क्षेत्रस्थित यामेथिन शहरमा एक विशेष मेडिकल क्याम्प स्थापना गरेको छ। शुक्रवारबाट सञ्चालनमा आएको यो क्याम्पमा नेपाली सेना अहिले भूकम्प प्रभावित व्यक्तिहरूलाई तत्कालीन स्वास्थ्य उपचार र आवश्यक चिकित्सकीय सेवा प्रदान गर्दै छ। नेपाल सरकारको पहलमा, २२ सदस्यीय नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको हो। यस टोलीमा दक्ष सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरूको समावेश छ। टोलीसँग आवश्यक औषधि, मेडिकल उपकरण र चिकित्सकीय सामग्री पनि पठाइएको छ, जसले भूकम्पका पीडितहरूको उपचार र उद्धार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यो क्याम्प नेपाली सेनाको कूटनीतिक र मानवीय सहयोगको प्रतीक…
Read More
सिन्धुलीमा जीपको ठक्करबाट सरसफाई कर्मचारीको मृत्यु

सिन्धुलीमा जीपको ठक्करबाट सरसफाई कर्मचारीको मृत्यु

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १२ निवासी ३५ वर्षीय शेरबहादुर खपांगीको जीपको ठक्करबाट मृत्यु भएको छ। शेरबहादुर खपांगी कमलामाई नगरपालिका वातावरण शाखामा सरसफाई कर्मचारीका रूपमा कार्यरत थिए। उनी कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपले बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ स्थित रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भीर घाइते भएका खपांगीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।घटनाका सम्बन्धमा जीपको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र अनुसन्धान जारी रहेको छ।
Read More
नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु।

नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु।

  काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका–८, ठूलाखोला नजिकै गएराति खसीबोका लोड गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर पल्टिएको हो। धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते गोरखाको भिमसेन गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे। गाडीका चालक गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। भट्टको उपचार स्थानीय नर्सरी चोकको मेडिकलमा भइरहेको छ…
Read More
म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु संख्या १० हजार नाघ्ने अनुमान।

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु संख्या १० हजार नाघ्ने अनुमान।

  बाँके। म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, यस भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। यसै कारण, यूएसजीएसले "रातो अलर्ट" जारी गरेको छ, जसले उच्च हताहत र व्यापक क्षतिको संकेत गर्दछ। म्यानमारको सैन्य सरकारले हालसम्म १ सय ४४ जनाको मृत्यु भएको जनाएको छ। तर, थप भग्नावशेष हटाइँदै र शवहरूको उद्धार भइरहेको अवस्थामा, मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
Read More