काठमाडौ । टोखामा २५ करोड रुपैयाँ बराबरको रकम सहित समातिएको ट्रकको खबर दिने व्यक्तिलाई ५ करोड नेपाली रुपैयाँ पुरस्कार दिइने भएको छ। यो घोषणा नेपाल सरकारले गरेको हो, जसअनुसार सुराक दिनेकाले २५ प्रतिशत पुरस्कार पाउनेछन्। नेपालको विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार, खबर दिने व्यक्तिले मुद्दा फैसला भएपछि मात्र पुरस्कार प्राप्त गर्नेछन्। साथै, पुरस्कार रकममा कानूनी कर पनि लाग्नेछ। सुराक दिने व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने कानूनी प्रावधान पनि रहेको छ, जसले गर्दा सुराक दिने व्यक्ति आफ्ना विवरण सार्वजनिक नगरेको अवस्था कायम राख्न सक्नेछन्। सम्बन्धित अधिकारीहरूको अनुसार, यस पुरस्कारको लक्ष्य भनेको अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीमा ल्याउन र राष्ट्रको वित्तीय सुरक्षा…
काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय किसान फुच्चे लामा पुनः पक्राउ परेका छन्। उनी ५ वर्ष पहिले सुन तस्करी प्रकरणमा जेल बसिसकेका थिए। यसपटक उनलाई रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्राहरू तस्करी गर्दै जाने क्रममा पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गएराति उनलाई पक्राउ गरेको हो। प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने कि, पक्राउ गरेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँको बराबरी हुन्छ। पक्राउ पर्ने लामा ट्रक नं. ना ७ ख १६५२ द्वारा केरुङतर्फ जाने क्रममा फल्स बटम बनाएर…
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्रबाट २० करोडभन्दा बढीको रकमसहित एक ट्रक चालकलाई पक्राउ परेका छन्। ट्रकको चालकको पहिचान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामाका रूपमा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले भने अनुसार, ट्रकबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको छ, र हाल उक्त रकमको गन्ती जारी रहेको छ। प्रारम्भिक अनुमान अनुसार उक्त रकम २० करोड भन्दा बढी रहेको जानकारी गराइएको हो । यस घटनाबारे थप जानकारी दिन दिउँसो १ बजे एक पत्रकार सम्मेलन हुने श्रोतले जानकारी गराएको छ ।
बाँके। इजरायलले गाजा पट्टीमा पुन: हवाई आक्रमण सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजा क्षेत्रमा धेरै विस्फोटहरूको आवाज सुनिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई हमलामा कम्तीमा ४४ जना मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, १९ जनवरीको युद्धविरामपछि यी इजरायलीका गाजा विरुद्धका सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमण तब भएको छ , जब दुवै पक्षबीच युद्धविरामलाई अगाडि बढाउने कुरामा वार्ता अलपत्र पर्यो। इजरायल र हमास बीचको १९ जनवरीको युद्धविराम सम्झौतामा कसरी कायम राख्ने भन्नेमा असहमतिका कारण वार्ता असफल भएको छ। अमेरिका र अरब मध्यस्ताहरूले पछिल्ला दुई हप्तामा दुवै पक्षलाई युद्धविराममा सम्झाउन असफल भएका छन्। इजरायली सेनाले भनेको…
धनुषा । धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित सडकमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्। काठमाडौँको टोखा डेरामा बस्ने ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले ५ सय ४७ किलोग्राम ग्राम गाँजासहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरेको मिनिट्रकलाई जाँच गर्ने क्रममा गाँजाले भरिएको ट्रक फेला पारेको छ । ट्रकको माथि टिनको फल्स बटम बनाएर कालो त्रिपालले छोपिएको अवस्थामा गाँजा सहित सलिनलाईपक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार प्रहरीले निराजन बमलाई मकवानपुरबाट पक्राउ गरेको हो। प्रहरीले निराजनलाई पक्राउ गरेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।
बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि देशभर चर्को विरोध सुरु भएको छ। बीबीसीका अनुसार बलात्कृत बालिकाको बिहीबार मृत्यु भएको हो। बालिकाकी आमाले दिएको जाहेरीअनुसार मागुरा सहरस्थित आफ्नी जेठी दिदीको घर गएकी बालिकालाई मार्च ५ राति बलात्कार गरिएको हो। प्रहरीले बालिकाकी ती दिदीका श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको ठाउँ पुगेर घरमा आगो लगाइदिएको छ। बालिकालाई मार्च ८ तारिख अस्पताल भर्ना गरिएको थियो। राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा लगिएकी उनकी बालिकाको बिहीबार मृत्यु भएको हो।