आजको राशिफल बि.सं २०८२ वैशाख २७ गते शनिबार ई.सं २०२५ मे १० नेपाल सम्बत ११४५ बछलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २० मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५८ मिनेट…
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शबाज शरिफले नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका छन् । पिटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरिफले शनिबार नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका हुन् । पाकिस्तानले भारतविरुद्ध आक्रमण शुरु गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शरिफले अथोरिटीको बैठक बोलाएका छन् । अथोरिटीले पाकिस्तानको परमाणु हरियारको कमाण्ड, कन्ट्रोल र अप्रेशन बारे निर्णय लिने गर्दछ । यस अथोरिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने पाकिस्तानी विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र रक्षा उत्पादन मन्त्री सदस्य रहने गर्दछन् । त्यस्तै यस अथोरिटीमा सेनाका ज्वाइन्ट चिफ स्टाफ, सेना प्रमुख, नाभी प्रमुख र चिफ अफ एयर स्टाफ सदस्य रहने गर्दछन् । त्यस्तै सेनाका स्ट्राटेजिक प्लान डिभिजनका निर्देशक र पाकिस्तानको…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ । आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ । जसपा नेपालले समस्त दक्षिण एशियाली…
काठमाडौँ । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् । कुरेशीले भनिन्, 'पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।' कर्नेल सोफियाले भनिन्, 'लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन…
काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो । युएईको दुबईबाट शुरु भएको नोबेल ३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास सहित विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ । २५० भन्दा बढी प्रकारका उत्पादन सहित नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । 'परिवारलाई एकसाथ ल्याउने' नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ । युरोप, चीन, भारत, टर्की…
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको…
काठमाडौँ । पाकिस्तानसँग युद्ध बलिवुडका लागि सिनेमा बनाउने लोकप्रिय विषय हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम 'अप्रेशन सिन्दूर' चर्चामा रहेको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई 'अप्रेशन सिन्दूर' नाम दिएको छ । यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले 'अप्रेशन सिन्दूर' को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै 'अप्रेशन सिन्दूर' नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै 'मिशन पहलगाम' का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ । इन्डियन मोसन…
काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्यालीको आयोजना गरेका हुन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट…