Babai News

काठमाडौँमा कर्फ्यु जारी

काठमाडौँमा कर्फ्यु जारी

काठमाडौँमा कर्फ्यु जारी

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर…
Read More
संसद् भवन पुग्यो जेनजीको प्रदर्शन

संसद् भवन पुग्यो जेनजीको प्रदर्शन

काठमाडौँ । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु बानेश्वरस्थित संसद् भवन सम्म पुगेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । प्रदर्शनकारी युवाहरु संसद भवनभित्र पस्न शुरु गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन् । जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन् । साथै उनीहरुले प्रहरीलाई तपाइँहरु…
Read More
देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट- यो पोष्ट कुन भिपीएनबाट हो ?

देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट- यो पोष्ट कुन भिपीएनबाट हो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।  सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् ।  बालेनले भनेका छन्- 'यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,' बालेनले लेखेका छन्, 'सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!' सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गरेपनि शिर्ष नेताहरुले आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट लगातार पोष्ट गरिरहेपछि आम मानिसमा…
Read More
दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूर सञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूर सञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

काठमाडौं । सरकार दर्ता नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले निर्देशन अनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन निर्देशन दिएको हो । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरण गरेमा सक्रिय गराउन समेत प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिएको छ ।   मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो ।  यस अवधिमा पनि फेसबुकसहितका सामाजिक सञ्जाल कम्पनीहरु दर्ता हुन नआएपछि सरकारले अब नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय बनाउने…
Read More
जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा

जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
Read More
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् । पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका-२ बाट सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक…
Read More
लिपुलेक–लिम्पियाधुरा प्रश्नमा बर्दियाका क्रान्तिकारी दलहरूको संयुक्त आवाज

लिपुलेक–लिम्पियाधुरा प्रश्नमा बर्दियाका क्रान्तिकारी दलहरूको संयुक्त आवाज

बर्दिया– दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् । भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् । बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा…
Read More
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ । चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।
Read More
बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह

बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् । बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । बालेनले भनेका छन्:  चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।
Read More
भारतबाट सञ्चालित अनलाइन ठगीमा बर्दियाका युवाहरूको संलग्नता

भारतबाट सञ्चालित अनलाइन ठगीमा बर्दियाका युवाहरूको संलग्नता

बर्दिया – भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् । भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर…
Read More