बाँके। क्यानाडा की विदेशमन्त्री मेलानी जोलीले बुधबार चीनको कडा निन्दा गरेकी छन् । उनले भनेकि छन् , क्यानाडा सरकारले माफीको अपिल गरेको बावजूद चीनले हालका हप्तामा चार क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ। जोलीले ओटावामा मिडियासँग कुरा गर्दै भनिन्, "हामी चीनमा क्यानाडाली नागरिकहरूको मृत्युदण्डको कडा शब्दमा निन्दा गर्दछौं।" उनले भनिन् कि उनले र पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि चीनसँग ती व्यक्तिहरूलाई माफी दिने अपिल गरेका थिए। ग्लोब एन्ड मेल समाचार पत्रमा प्रकाशित आधिकारिक बयानमा भनिएको छ कि चार क्यानाडाली नागरिकलाई मादक पदार्थसम्बन्धी अपराधको दोषी ठहरिएको थियो। बयानमा भनिएको छ, "मादक पदार्थसँग सम्बन्धित अपराध एक गम्भीर अपराध हो जसलाई संसारभरि समाजका लागि…
जनकपुर, मधेस प्रदेशमा सिँचाइ समस्या बढ्नका पछाडि सरकारको दोहोरो नीतिका कारण चुरेक्षेत्रको विनाशको आरोप लागेको छ। यसबारे जानकारी दिन आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषयको गोष्ठीमा सरोकारवालाले कुरा राखेका थिए। मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले सङ्घीय सरकारको नीति र योजनामा चुरेक्षेत्रको संरक्षण र भूमिगत जल विकासको दृष्टिकोणमा अनियमतता देखिएको बताउनुभयो। मन्त्री यादवले भूमिगत जल संकटको प्रमुख कारण चुरे वनजङ्गलको विनाश, गिट्टी र बालुवा उत्खनन र भूमिगत जलको अत्यधिक दोहन रहेको आरोप लगाउनुभयो। "संघीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाशको नियन्त्रणका लागि करोडौँ खर्च गर्दैछ भने अर्को तिर सडक र…
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा अन्तिम समयमा हुने गरेको चलखेल रोक्न नयाँ व्यवस्था लागू गरेको छ। अब, कारोबारको अन्तिम मूल्य निर्धारण गर्ननेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारको आधारमा निर्णय गर्नेछ। चैत ५ गतेको बैठकमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लागू भएपछि यो प्रक्रिया सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार, अब नियमित कारोबार सत्रको अन्तिम समयमा अपरान्ह २:४५ देखि ३ बजेसम्म कायम भएको मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्यको रूपमा लिइनेछ। यदि उक्त अवधिमा कुनै कारोबार हुँदैन भने, पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने नेप्सेले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि शान्ति प्रक्रियाको प्रगति हुने आशा व्यक्त गरेका छन्। विहीबार प्रतिनिधि सभामा आयोजित संसदीय प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले शान्ति प्रक्रियाका अधुरो पक्षलाई निष्कर्षमा पुर्याउन प्रचण्डसँग संवाद आवश्यक रहेको बताए। उनले भने, “मैले स्वास्थ्यका कारण बारम्बार प्रचण्डसँग सम्पर्क गर्न सकेको छैन, तर सम्पर्क स्थापनासँगै शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू अघि बढाउने विश्वास लिएको छु।” ओलीले शान्ति प्रक्रियामा बैकदिशा गर्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया चाँडो पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
बर्दिया, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा क्षेत्रको विकास र आपसी सहयोग सुदृढ गर्ने उद्देश्यले छलफल भएको छ। भेटमा, अध्यक्ष ओझाले नेपाल र भुटानको बीमा क्षेत्रमा विद्यमान अवस्था, नेपालले लागू गरेको जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणका विषयमा जानकारी दिए। उनले पुनर्बीमा सम्बन्धी नेपालका अनुभवहरू र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नेपाल तयार रहेको बताए। उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले हासिल गरेका ज्ञान र अनुभव भुटानको बीमा क्षेत्रमा पनि लाभकारी हुने विश्वास व्यक्त गरे। साथै, उनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ गर्न प्रतिवद्धता जनाए। यस…
बाँके। सांसद प्रभु साहले गौर हत्याकाण्डको १८ वर्षपछि पनि छानबिनमा प्रगति नभएकोमा गम्भीर आपत्ति जनाउँदै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधिसभामा उनले प्रधानमन्त्रीसँग सोधेका थिए, "गौर हत्याकाण्डको छानबिन कहाँसम्म पुगेको छ? अपराधीहरू कहिले कानुनको दायरामा आउँछन्?" साथै, उनले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमको औचित्यहीनता बारे पनि आपत्ति जनाउँदै कार्यक्रम हटाउन आग्रह गरेका छन्। उनले भनेका छन् , यदि प्रधानमन्त्रीसंगको प्रश्न उत्तर कार्यक्रममा उठाइएका प्रश्नहरुको उत्तर पाइदैन भने यो कार्यक्रमहरु हटाउनु नै उचित हो। साहले कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।
अंग्रेजी प्रश्नपत्र आउट, निजी विद्यालयको सेटिङमा प्रहरी प्रशासनको संलग्नता। सिरहा। आजको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र सिरहाको लहान नगरपालिका, १९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट बाहिरिएको पुष्टि भएको छ। परीक्षा शुरु भएको २० मिनेटमा प्रश्नपत्र बाहिर जानु गम्भीर समस्या बनेको छ। स्थानीय स्रोतका अनुसार, प्रश्नपत्रको आउटिङ्गमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको संलग्नता रहेको छ। जहाँ मोबाइलको प्रयोग गरेर प्रश्नपत्र बाहिरिएको भनिएको छ। यसको प्रमाणस्वरूप केही व्यक्तिहरुले मोबाइलको माध्यमबाट प्रश्नपत्र बाहिर पठाएको आरोप लागेको छ। यस घटनाबारे जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसईईको मर्यादित सञ्चालनका लागि ५०…
बाँके। भारतको कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा शानदार पुनरागमन गरेपछि भारतले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको छ । मेघालय स्थित सिलङको जवाहरलाल नेहरू स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा राहुल भेके, लिस्टन कोलासो र सुनिल क्षेत्रीले गोल गरेका थिए। पहिलो गोल ३५ औं मिनेटमा राहुल भेकेले कर्नरबाट आएको बलमा हेडर मार्फत गरे, जसले भारतलाई अग्रता दिलायो। त्यसपछि ६६ औं मिनेटमा लिस्टन कोलासोले अर्को हेडर गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले लिस्टनको असिस्टमा हेडर गोल गर्दै आफ्नो पुनरागमनलाई सफल बनाएका थिए। यससँगै उनले ९५ औं अन्तर्राष्ट्रिय गोल पूरा गरे। भारतीय प्रशिक्षक मनोलो मार्क्वेजले यो खेललाई महत्त्वपूर्ण ठहर्याए…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार, यस आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा मात्रै करिब साढे दुई खर्ब ऋण थपिएको हो। कुल सार्वजनिक ऋणको वृद्धि चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब ९ करोड रहेकोमा, फागुन मसान्तसम्ममा रु २ खर्ब ४१ अर्ब ९३ करोड थप भएको छ। यसरी कुल सार्वजनिक ऋणको दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको हो, जुन कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत हो। वैदेशिक ऋण र आन्तरिक…
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ कि देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै साथ परीक्षा सञ्चालन भएको छ। यस वर्ष ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन्, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ बढी हो। परीक्षा नियन्त्रण कार्यालयका कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, "सुरक्षा व्यवस्थामा कडा निगरानी राखिएको छ र सबै केन्द्रमा शान्तिपूर्ण वातावरणमा परीक्षा भइरहेको छ।" आजको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत, मदरसा र वेदविधा विषयको परीक्षा हुँदैछ। परीक्षाफल आगामी असार ७ गते भित्र सार्वजनिक हुने बोर्डले जनाएको छ।