Babai News

पीएम कपमा गण्डकीको लज्जास्पद हार

पीएम कपमा गण्डकीको लज्जास्पद हार

बाँके। गण्डकीलाई नेपाल पुलिस क्लबले सजिलै ७ विकेटले पराजित गरेको हो । सिद्धार्थनगरमा भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमात्र क्रिजमा टिकेर ९२ रनमा अलआउट भयो । अर्जुन कुमालले ४८ रन बनाएको इनिङ्समा दोस्रो उच्च स्कोर गण्डकीले अतिरिक्तका रुपमा १४ रन पाएको थियो । गण्डकीमाथि हाबी हुने क्रममा पुलिसका लागि ललित राजबंशी र गुल्सन झाले बहार ल्याएका थिए । ललितले ७ रन दिएर ५ विकेट लिए । त्यस्तै गुल्सनले ४२ रन दिएर ४ विकेट लिए । जवाफमा पुलिसले १६ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ६ छक्का र ३ चौकाको मद्धतले…
Read More
नेपालको कम्युनिटी होमस्टे नेटवर्क, टाइम म्यागजिनको उत्कृष्ट गन्तव्य सूचीमा ।

नेपालको कम्युनिटी होमस्टे नेटवर्क, टाइम म्यागजिनको उत्कृष्ट गन्तव्य सूचीमा ।

बाँके। नेपालको पर्यटन उद्योगले एक नयाँ सफलता हासिल गरेको छ। अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले नेपालको 'कम्युनिटी होमस्टे नेटवर्क'लाई २०२५ को उत्कृष्ट गन्तव्यहरूको सूचीमा ४२ औं स्थानमा र एसियामा ७ औं स्थानमा समावेश गरेको छ। यसले नेपालको होमस्टे व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको छ र देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। होमस्टे व्यवसायले सस्तो, सरल र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्दै पर्यटकलाई नेपालका ग्रामीण जीवनसँग सञ्जाल जोडेको छ। यो व्यवसायले स्थानीय संस्कृतिको संरक्षण र दिगो पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। नेपालका १८ समुदायमा २ सय भन्दा बढी होमस्टे सञ्चालनमा छन्, जसको माध्यमबाट स्थानीय समुदायसँग गहिरो सम्बन्ध र मित्रता…
Read More
दुई क्याम्पसमा अखिल क्रान्तिकारीको विजय, महेन्द्र मोरङमा पनि अग्रता।

दुई क्याम्पसमा अखिल क्रान्तिकारीको विजय, महेन्द्र मोरङमा पनि अग्रता।

मोरङ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरका प्रमुख क्याम्पसहरूमा अखिल क्रान्तिकारीका उम्मेदवारहरूले ऐतिहासिक विजय प्राप्त गरेका छन्। विराटनगरको डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलले शानदार जित हासिल गरेको हो। डिग्री क्याम्पसमा प्रीतम साहको प्यानलले पूर्ण रूपमा विजय प्राप्त गर्दा, नर्सिङ क्याम्पसको सभापतिमा रोहित ताजपुरिया अखिल क्रान्तिकारीका उम्मेदवारका रूपमा निर्वाचित भएका छन्। यसै बीच, महेन्द्र मोरङ क्याम्पसमा पनि पछिल्लो मत परिणाम अनुसार अखिल क्रान्तिकारी अग्रता लिएका छन्, जसले उम्मेदवारहरूको मनोबल थप प्रबल बनाएको छ।
Read More
मधेस प्रदेश सरकार एसइई परीक्षाबाट बाहिर, मुख्यमन्त्री सिंहको कडा चेतावनी।

मधेस प्रदेश सरकार एसइई परीक्षाबाट बाहिर, मुख्यमन्त्री सिंहको कडा चेतावनी।

बर्दिया । मधेस प्रदेश सरकारले आगामी एसइई परीक्षामा भाग नलिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा समन्वय समितिहरूको निर्देशनको उल्लङ्घनपछि प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्। सिंहले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशका परीक्षामा चलखेल गर्दै विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरिरहेको आरोप समेत लगाए। सिंहले भने, "परीक्षाको केन्द्र अध्यक्ष चयन प्रक्रिया सम्बन्धी प्रदेश सरकारले गरेको निर्देशनको पालना नगरिएपछि अब हामी यो परीक्षामा सहभागी हुदैनौं।" उनले एसइई परीक्षा समाप्त भइसकेपछि शिक्षा अधिकारी र अन्य निकायहरूको अनुगमन गरी कडा कदम चाल्ने चेतावनी पनि दिए। प्रदेश सरकारले गत फागुन महिनामा केन्द्राध्यक्षको चयन गोला प्रथाबाट गर्न निर्देशन…
Read More
६८ औं सहकारी दिवस सरकार र सहकारी संस्थाको संयुक्तिमा मनाइने।

६८ औं सहकारी दिवस सरकार र सहकारी संस्थाको संयुक्तिमा मनाइने।

काठमाडौं। राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेको छ। यस वर्षको राष्ट्रिय सहकारी दिवस चैत २० गते मनाइनेछ। यस विशेष अवसरको लागि तय गरिएको थिम “मर्यादित सहकारीः समुन्नत समाज” रहेको छ । सहकारी दिवसको उद्देश्य सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन र सामाजिक उत्तरदायित्वका मूल्यहरूसँग जोडेर नेपाली समाजको समृद्धि र समान अवसरयुक्त आर्थिक विकासमा टेवा पुर्याउनु हो। महासंघका अध्यक्ष ओमदेवी मल्लका अनुसार, यस दिवसको माध्यमबाट सहकारी आन्दोलनलाई अझ सशक्त बनाउने र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने प्रयास गरिनेछ। यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको संयोजकत्वमा र महासंघका…
Read More
आगलागीमा एक जनाको मृत्यु, ९ घर जलेर नष्ट ।

आगलागीमा एक जनाको मृत्यु, ९ घर जलेर नष्ट ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मंगलबार दिउँसो लागेको आगो लगभग नियन्त्रणमा आएको छ। स्थानीय प्रहरीका अनुसार, आगलागी करिब १२ बजे सुरु भएको थियो र दिउँसो साढे २ बजेमा नियन्त्रणमा आएको बताइएको हो। आगलागीमा एक जना बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। त्यस्तै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार, एक जना आगलागीमा बेपत्ता भएको बालक अर्शद अली सकुशल फेला परेका छन्। आगलागीमा ४ वर्षीय रेश्मा खातुनको शव फेला परेको र ६ वर्षीय अर्शद अलीलाई जीवित अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ। यस घटनामा ९ वटा घर जलेको र ठूलो धनजनको क्षति भएको प्रहरीले जनाएको छ।
Read More
५ वर्ष जेल बसेका किसान फेरि पक्राउ, २५ करोड बढीको विदेशी मुद्रा बरामद।

५ वर्ष जेल बसेका किसान फेरि पक्राउ, २५ करोड बढीको विदेशी मुद्रा बरामद।

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय किसान फुच्चे लामा पुनः पक्राउ परेका छन्। उनी ५ वर्ष पहिले सुन तस्करी प्रकरणमा जेल बसिसकेका थिए। यसपटक उनलाई रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्राहरू तस्करी गर्दै जाने क्रममा पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गएराति उनलाई पक्राउ गरेको हो। प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने कि, पक्राउ गरेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँको बराबरी हुन्छ। पक्राउ पर्ने लामा ट्रक नं. ना ७ ख १६५२ द्वारा केरुङतर्फ जाने क्रममा फल्स बटम बनाएर…
Read More
न्युजिल्याण्डले पाकिस्तानमाथि २-० ले बढत बनायो।

न्युजिल्याण्डले पाकिस्तानमाथि २-० ले बढत बनायो।

बर्दिया न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै तीन खेलको टि ट्वान्टी आई सिरिजमा २-० को बढत बनाएको छ। मंगलबारको दोस्रो खेलमा न्युजिल्याण्डले पाकिस्तानको १ सय ३६ रनको लक्ष्य १३.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्‍यो। बर्षाको कारण खेललाई १५ ओभरमा सीमित गरिएको थियो।न्युजिल्याण्डका लागि टिम साइफर्टले २२ बलमा ४५ रनको शानदार पारी खेले, जसमा ३ चौका र ५ छक्का समावेश थिए। फिना एलेनले १६ बलमा ३८ रन जोडे, जबकि मिचेल हायले २१ रन जोडे। पाकिस्तानका बलरहरुमा हरिस रउफले २ विकेट लिए भने जहादद खान, मोहमम्द अलि र खुसदिल शाहले १-१ विकेट लिएका थिए। पाकिस्तानले टस हारेर ब्याटिङ गर्दै १५ ओभरमा…
Read More
२० करोडको रकमसहित ट्रक चालक पक्राउ।

२० करोडको रकमसहित ट्रक चालक पक्राउ।

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्रबाट २० करोडभन्दा बढीको रकमसहित एक ट्रक चालकलाई पक्राउ परेका छन्। ट्रकको चालकको पहिचान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामाका रूपमा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले भने अनुसार, ट्रकबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको छ, र हाल उक्त रकमको गन्ती जारी रहेको छ। प्रारम्भिक अनुमान अनुसार उक्त रकम २० करोड भन्दा बढी रहेको जानकारी गराइएको हो । यस घटनाबारे थप जानकारी दिन दिउँसो १ बजे एक पत्रकार सम्मेलन हुने श्रोतले जानकारी गराएको छ ।
Read More
२० करोडको रकमसहित ट्रक चालक पक्राउ।

२० करोडको रकमसहित ट्रक चालक पक्राउ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्रबाट २० करोडभन्दा बढीको रकमसहित एक ट्रक चालकलाई पक्राउ परेका छन्। ट्रकको चालकको पहिचान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामाका रूपमा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले भने अनुसार, ट्रकबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको छ, र हाल उक्त रकमको गन्ती जारी रहेको छ। प्रारम्भिक अनुमान अनुसार उक्त रकम २० करोड भन्दा बढी रहेको जानकारी गराइएको हो । यस घटनाबारे थप जानकारी दिन दिउँसो १ बजे एक पत्रकार सम्मेलन हुने श्रोतले जानकारी गराएको छ ।
Read More