बर्दिया, चैत २३ गते

बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरमा “युद्धका घाउहरु २.०” नाटक बिहीबार मञ्चन गरिएको छ । ड्रामा स्कुल पहिलो ब्याचको प्रस्तुतिमा मण्डलाको घुम्ती रङ्गमञ्र्च जुनकिरी’को यात्रा अन्तरगत नाटक प्रस्तुत गरिएको हो ।
१० बर्षे सशस्त्रद्वन्द्वका बेला भएको घटनालाई बिषयबस्तु बनाएर बिम्बको रुपका प्रस्तुत गरिएको नाटकमा बिपन्न गरिब, दलित, गरिखाने बर्ग बढि चेपुवा परेको बिषयबस्तुलाई उजागर गर्न खोजिएको छ । द्वन्द्वको बेलामा पीडितहरुको पीडा जस्तो थियो त्यस्तै छ राज्यले सम्बोधन गर्न सकिराखेको छैन । बेपत्ता पारिएका वा हत्या गरिएकाहरुका आफन्तहरुले सत्य थाहा पाउन सक्नु भएको छैन । पीडितहरुको माग अर्थात शान्ति प्रक्रियामा पुर्याउन सहयोग पुग्ने उदेश्यले नाटक प्रस्तुत गरिएको छ ।
अन्जान प्रदिपद्वारा लेखन तथा निर्देशकमा मञ्चन गरिएको नाटकमा ड्रामा स्कुल पहिलो ब्याचले आफ्नो प्रस्तुती देखाएको थियो । नाटक प्रस्तुतीको शुरुवातमा स्थानीय आयोजक द्वन्द्वपीडित समिति अध्यक्ष भागीराम चौधरीले पीडितहरुको मुद्दा राजनीतिक तथा समाजिकीकरण हुनु पर्ने बताउनु भएको छ । पीडितहरुको न्यायको लागि सबैको साझा आवाज उठ्नु पर्ने, राज्यले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएर परिपुरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भएको छ । प्रस्तुत गरिएको नाटकले पीडितहरु प्रतिको बुझाईलाई सकारात्मक बनाउने बिश्वास ब्यक्त गर्नु भएको छ ।
मण्डला थिएटर नेपालको मुख्य आयोजना, एडभोकेसी फोरम नेपालको सहआयोजना तथा द्वन्द्वपीडित समिति बर्दियाको स्थानीय ब्यबस्थापनमा नाटक “युद्धका घाउहरु २.०” मञ्चान गरिएको हो । नाटक हेर्नका लागि जिल्ला पार्टीका नेताहरु, समाजिक अगुवा, बुद्धिजीवि, द्वन्द्वपीडित परिवारका सदस्यहरु, स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box