Babai News

राजनीति

तीनकुने घटनामा मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग।

तीनकुने घटनामा मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग।

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मृतकलाई शहीद घोषणा गर्नुपर्ने बताएका हुन्। लिङ्देनले घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। राप्रपा अध्यक्षले सरकारको निष्क्रियता र घटनाको यथासम्भाव छानबिन नगरेको आरोप लगाए।
Read More
‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई

‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् । अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आज बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताएका हुन् । उनले आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक  गतिविधि गर्ने छुट कसैलाई नभएको बताए ।
Read More
रास्वपाको सरकारलाई छानबिन आयोग गठन गर्न माग ।

रास्वपाको सरकारलाई छानबिन आयोग गठन गर्न माग ।

file image काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको घटनामा सरकारसँग उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। शनिबार आयोजित पार्टीको सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई यथोचित कारबाही गर्न आयोग गठनको माग गरेक हुन् । साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक पनि बोलाएको जानकारी दिएको छ।
Read More
पूर्वराजा माथि हिंसात्मक आन्दोलनमा संलग्नताको आरोप, राहदानी र सेवा सुविधा खोस्ने तयारी।

पूर्वराजा माथि हिंसात्मक आन्दोलनमा संलग्नताको आरोप, राहदानी र सेवा सुविधा खोस्ने तयारी।

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र उनका राहदानी रद्द गर्ने तयारी थालेको छ। सरकारले शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक आन्दोलनमा ज्ञानेन्द्रको संलग्नता रहेको आरोप लगाउँदै यो निर्णय लिएको हो। गृहमन्त्रालयका उच्च अधिकारीहरुका अनुसार ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा यो आन्दोलन भएको र छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।’ मन्त्रिपरिषदको शुक्रबार रातिको बैठकमा यो विषयमा गम्भीर छलफल भएको थियो। छलफलमा हिंसात्मक र आपराधिक गतिविधिमा संलग्नतालाई कडा कारबाही गर्ने र ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउने निर्णयमा विचार गरिएको छ। प्रहरीले शनिबारदेखि प्रमाण संकलन कार्य थालिसकेको छ। हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूको बारेमा…
Read More
समाजवादी मोर्चाको आकस्मिक बैठक जारी, स्थलगत गर्यो अनुगमन ।

समाजवादी मोर्चाको आकस्मिक बैठक जारी, स्थलगत गर्यो अनुगमन ।

काठमाडौँ। समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ८ बजेपछि सुरु भएको छ। बैठकको आयोजना शनिवार बिहान राजावादी आन्दोलनले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान लिएको घटनापछि भएको हो। यसअघि समाजवादी मोर्चाको बैठक ११ बजेका लागि तय गरिएको थियो, तर घटनाको गंभीरता र राजावादीहरूको हिंसात्मक गतिविधिको विरोध स्वरूप बैठकलाई आकस्मिक रूपमा अघि सारिएको नेताहरूले जानकारी दिएका छन्। शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा गणतन्त्रको पक्षमा प्रदर्शन र सभा आयोजना गरेको थियो। यसैबीच, बैठकमा समाजवादी मोर्चाका प्रमुख नेताहरू उपस्थित छन्, जसमा नेकपा अध्यक्ष विप्लव, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल…
Read More
समाजवादी मोर्चाले गर्यो हिंसात्मक घटना, तोडफोड र आगजनीको निन्दा

समाजवादी मोर्चाले गर्यो हिंसात्मक घटना, तोडफोड र आगजनीको निन्दा

काठमाडौं। समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा आयोजित वृहत् जनसभालाई ५० हजारभन्दा बढी जनताको उत्साहपूर्ण सहभागितामा भव्य रूपमा सम्पन्न गरेको छ। गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित यो जनसभामा जनताको सक्रिय र शालीन सहभागिताप्रति मोर्चाले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। मोर्चाले विशाल जनसमर्थनबाट आत्तिएका पुनरुत्थानवादी र प्रतिगामी तत्वहरूले जनसभापछि अराजकता मच्चाउँदै विभिन्न स्थानमा तोडफोड र आगजनी गरेको टिप्पणी समेत गरेको छ । समाजवादी मोर्चा नेपालले जारी गरेको प्रेस वक्तव्यम अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला कार्यालय र अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवासमा तोडफोड र आगजनी भएको दुख व्यक्त…
Read More
सर्वोच्च अदालतको सरकारलाई कुलमानलाई हटाउने कारण देखाउ आदेश जारी ।

सर्वोच्च अदालतको सरकारलाई कुलमानलाई हटाउने कारण देखाउ आदेश जारी ।

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङको बर्खास्तगीको कारण सरकारसँग सोधेको हो। गत सोमबार मन्त्रिपरिषदले घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। यस निर्णयविरुद्ध घिसिङले सर्वोच्च अदालतमा रिट दायर गर्दै अन्तरिम आदेशको माग गरेका थिए।
Read More
प्रचण्डको ओलीप्रति गम्भीर आशंका, “उहाँ राजावादीसँग मिल्नुहुन्छ भन्ने शंका ?”

प्रचण्डको ओलीप्रति गम्भीर आशंका, “उहाँ राजावादीसँग मिल्नुहुन्छ भन्ने शंका ?”

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको र राजावादीसँग मिलेको भन्ने शंका व्यक्त गरेका छन्। शुक्रबार, काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै दाहालले ओलीको राजनीति र कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन् । दाहालले भने, "उहाँ (केपी शर्मा ओली) राजावादीसँग मिलेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ मिल्नुभएको छ भन्ने कुराहरू आइरहेका छन्। " उनले ओलीको 'बयलगाडा सिद्धान्त'को आलोचना गर्दै, "उहाँले गणतन्त्रको परिभाषा मात्र माओवादी र प्रचण्डसँग जोड्ने काम गर्नुहुन्थ्यो र त्यसलाई कसरी फसाद पार्ने भन्ने कुरा मात्र सोच्नुहुन्थ्यो।" अध्यक्ष दाहालले ओलीको…
Read More
राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरे।

राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरे।

फोटो:- नेपाल भिउज काठमाडौं। शुक्रबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गरेका छन् ।राजावादीहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयको कुर्सी बाहिर निकालेर आगो लगाएका छन् भने सिसा पनि फुटाएका छन्। यस्तै, प्रदर्शनकारीहरूले कार्यालयको आसपास ढुंगा हान्ने कार्य पनि गरेका छन्। यसैगरी, कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरिएको थियो। तीनकुने क्षेत्रको प्रदर्शन पछि प्रदर्शनकारीहरूले नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। प्रदर्शनमा प्रमुख भूमिकामा रहेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा
Read More
राजावादीहरूले गरे अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा।

राजावादीहरूले गरे अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा।

काठमाडौ। शुक्रबार भएको राजावादीहरुको राजतन्त्र पुनर्स्थापनाको प्रदर्शनमा प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीको रोक्न प्रयास गर्दा उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको थियो, जसबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रदर्शनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए। आन्दोलनकारीहरूले अराजकता मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनसान बनेको छ। प्रदर्शनकारीहरू तीनकुनेबाट एयरपोर्टतर्फ र कोटेश्वरतर्फका सडकहरूमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। राजधानीको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।
Read More