Skip to main content

Babai News

Breaking News 1

सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गरेका थिए । उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति…
Read More
हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए : प्रधानमन्त्री

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्। मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे। ‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि।’ पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु…
Read More
आर्थिक सुधार सरकारको उच्च प्राथमिकतामा- अर्थमन्त्री पौडेल

आर्थिक सुधार सरकारको उच्च प्राथमिकतामा- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । आगामी बजेटबारे विकास साझेदारहरुसँगको  छलफलमा अर्थमन्त्री पौडेलले आर्थिक सुधार थालेको उल्लेख गर्दै हाल सकारात्मक नतिजाहरु पाइरहेका र आउने दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका हुन् । उनले भने- 'अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, विभिन्न नीति तथा निर्णयहरु नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।’ अर्थमन्त्री पौडेलले विकास साझेदाहरुलाई आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए । स्रोत सुनिश्चिताको…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, संसदमा सरकारको ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक मात्र संचालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताउदै चेकिङ हुने ठाउँमा नै अलमल पर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको  अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था…
Read More
युद्धविरामपछि सामान्य हुदै श्रीनगर, विद्यालय खुल्दै\

युद्धविरामपछि सामान्य हुदै श्रीनगर, विद्यालय खुल्दै\

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ । श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् । भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ…
Read More
रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम। सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने श्रीमान्श्रीमती हुन् । दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उहाँका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४…
Read More
मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् । पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाही पछि प्रधानमन्त्री मोदीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधनगर्न लागेका हुन् । शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि, प्रधानमन्त्री मोदीले आज राति गर्ने सम्बोधनलाई धेरै महत्त्वपूर्ण मानिएको छ । यस क्रममा प्रधानमन्त्री मोदीले 'अपरेशन सिन्दूर' र त्यसपछिका घटनाक्रमहरूको बारेमा बताउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  
Read More
बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ- प्रधानमन्त्री ओली

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरु सरल…
Read More
अमेरिका र चीन ९० दिनका लागि ११५ प्रतिशत भन्सार दर कम गर्न सहमत

अमेरिका र चीन ९० दिनका लागि ११५ प्रतिशत भन्सार दर कम गर्न सहमत

काठमाडौँ । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ । स्वीजरल्याण्डको जेनेभामा भएको उच्चस्तरीय वार्तामा अमेरिका र चीन ९० दिनका लागि नयाँ भन्सार दर स्थगित गर्न सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौता अन्तर्गत ११५ प्रतिशत भन्सार दर ९० दिनका लागि स्थगित गर्न सहमत भएको जानकारी दिएका हुन् । त्यस्तै चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकाविरुद्ध गत अप्रिल २ देखि लगाइएको भन्सार दर ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ । नयाँ सहमति अनुसार अमेरिकाले चीनलाई हाल लगाएको १४५ प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत गर्ने भएको छ भने चीनले अमेरिकालाई लगाएको १२५…
Read More
शहरको मौलिक कथामा बनेको- के घर के डेरा : घर नं २

शहरको मौलिक कथामा बनेको- के घर के डेरा : घर नं २

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले शहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए । गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ । “नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक…
Read More