ओखलढुंगा । सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ मा शुक्रबार दिउँसो १२ः३० बजेतिर २ वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन्, जसमा एक जना प्रहरी कर्मचारीसमेत छन्। दुर्घटनामा ओखलढुंगातर्फ जाँदै गरेको बा ६७ प ७०८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५१ प २९६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । घाइते हुनेमा २९६७ नम्बरको मोटरसाइकल चालक भोजपुरको ट्याम्केमयुङ गाउँपालिका वडा नम्बर ७ का ४१ वर्षीय प्रहरी हवल्दार अम्बिका श्रेष्ठ, ७०८७ नम्बरको मोटरसाइकल चालक मानेभञ्ज्याङ वडा नम्बर ५ का २३ वर्षीय कैलाश पुरी र पछाडि सवार १३ वर्षीय बालक योगेश…
मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ खैरेनीमा रहेको कुखुरा फार्ममा बुधबार दिउँसो आगलागी भएको छ, जसबाट करिब १५ लाख रुपैयाँको क्षति पुगेको छ। आगलागीबाट फार्म वरपरका १ सय भन्दा बढी सुपारीका बोट र २ वटा लिचीका बोट मरेका छन्। प्रहरीका अनुसार, आगो करिब ३ बजेतिर अचानक लाग्यो र १ घण्टापछि नियन्त्रणमा लिन सकियो। फार्ममा कुखुरा थिएनन् भने नजिकैको अर्को फार्ममा कुखुरा सुरक्षित रहेका थिए। आगलागीका कारण १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट समेत जलेर नष्ट भएको छ। प्रहरीले आगलागीको कारण भने खुलाउन सकेको छैन, यद्यपि विद्युत सर्ट भएर आगो लाग्न सक्ने अनुमान गरिएको छ। इलाका प्रहरी…
काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि घटनास्थलमै तीन जनाको मृत्यु भएकोमा थप एक घाइतेको पनि ज्यान गएको हो । दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन। शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन् । शीतगङ्गा नगरपालिका–२ को भुवनपाटामा लु २…
बाँके। बलिउड अभिनेता सोनू सूदको पत्नी सोनाली सूदको मुम्बई-नागपुर राजमार्गमा सडक दुर्घटना भएको छ। यो घटना सोमबार राति करीब ९ बजेको समयमा भएको हो। सोनाली त्यससमय आफ्नी बहिनी र भतिजासँग कारमा थिइन्, जब उनीहरूको कार एउटा ट्रकसँग ठोक्कियो। दुर्घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा कार निकै क्षतिग्रस्त देखिएको छ। कारको बोनट पूर्ण रूपमा भत्किएको छ भने सिसाहरू चकनाचुर भएका छन्। यद्यपि, राहतको कुरा के छ भने सोनाली, उनकी बहिनी र भतिजालाई गम्भीर चोट लागेको छैन। सोनू सूदले यो घटनाबारे पुष्टि गर्दै भनेका छन् कि उनकी पत्नी अहिले ठीक छिन् र यो "चमत्कारी बचाव" थियो। सोनाली र उनका भतिजाको उपचार नागपुरको म्याक्स अस्पतालमा…
बाँके। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालकहरू डुडुवा गाउँपालिका २, बेतहनीका विशाल गोडिया र शिवकुमार गोडिया रहेका छन्। यी दुई बालकहरू स्थानीय नौरीगौडी एकेडेमीको एल.के.जी. कक्षामा अध्ययनरत थिए र विद्यालयबाट फर्किँदै गर्दा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको हो। प्रत्यक्षदर्शीका अनुसार, बालकहरू सडकमा लडेर चिच्याउँदै गर्दा ट्यांकरले उनीहरूलाई पछाडि किचेको थियो। घटनाको जानकारी दिँदै बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने, "ट्यांकरको ठक्करपछि बालकहरू घटनास्थलमै ज्यान गुमाएका हुन् ।" मृतक बालकहरू सहोदर दाजु-भाई रहेको प्रहरीले पुष्टि गरेको छ। घटनापछि स्थानीय बासिन्दाले विरोधस्वरूप ट्यांकरमा आगजनी गरेका छन् र प्रहरी…
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मंगलबार दिउँसो लागेको आगो लगभग नियन्त्रणमा आएको छ। स्थानीय प्रहरीका अनुसार, आगलागी करिब १२ बजे सुरु भएको थियो र दिउँसो साढे २ बजेमा नियन्त्रणमा आएको बताइएको हो। आगलागीमा एक जना बालिकाको शव जलेको अवस्थामा फेला परेको छ। त्यस्तै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार, एक जना आगलागीमा बेपत्ता भएको बालक अर्शद अली सकुशल फेला परेका छन्। आगलागीमा ४ वर्षीय रेश्मा खातुनको शव फेला परेको र ६ वर्षीय अर्शद अलीलाई जीवित अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ। यस घटनामा ९ वटा घर जलेको र ठूलो धनजनको क्षति भएको प्रहरीले जनाएको छ।
बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।
काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो। उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…
अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको क्रसरमा टिपरले किचेर आइतबार साँझ जेसीबी अपरेटरको मृत्यु भएको छ । कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका…
झापा माघ ।। आफैले बोकेको गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।