Babai News

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । गत बर्षको चैत्र १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपाले आफ्नै खर्चमा नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी लिने भएको हो । अध्यक्ष राजेन्द्र लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपासम्बद्ध कानून व्यवसायी सङ्गठन र अधिवक्ताहरूलाई आग्रहसमेत गरेका छन् । अहिले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू थुनामा छन् ।
Read More
मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् । पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाही पछि प्रधानमन्त्री मोदीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधनगर्न लागेका हुन् । शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि, प्रधानमन्त्री मोदीले आज राति गर्ने सम्बोधनलाई धेरै महत्त्वपूर्ण मानिएको छ । यस क्रममा प्रधानमन्त्री मोदीले 'अपरेशन सिन्दूर' र त्यसपछिका घटनाक्रमहरूको बारेमा बताउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  
Read More
काठमाडौं मल अगाडी मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं मल अगाडी मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको सुन्धारामा सोमबार बिहान दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । काठमाडौंको काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बसोबास गर्दै आएका तनहुँ आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोष कुमार गुरुङको ज्यान गएको हो । गुरुङलाई गम्भीर घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना र रा…
Read More
कर्णालीमाथिको अन्याय सहिंदैन- प्रचण्ड

कर्णालीमाथिको अन्याय सहिंदैन- प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे । उनले भने- 'हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका…
Read More
बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ- प्रधानमन्त्री ओली

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरु सरल…
Read More
बुद्धका ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ- देउवा

बुद्धका ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । ‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ।…
Read More
अमेरिका र चीन ९० दिनका लागि ११५ प्रतिशत भन्सार दर कम गर्न सहमत

अमेरिका र चीन ९० दिनका लागि ११५ प्रतिशत भन्सार दर कम गर्न सहमत

काठमाडौँ । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ । स्वीजरल्याण्डको जेनेभामा भएको उच्चस्तरीय वार्तामा अमेरिका र चीन ९० दिनका लागि नयाँ भन्सार दर स्थगित गर्न सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौता अन्तर्गत ११५ प्रतिशत भन्सार दर ९० दिनका लागि स्थगित गर्न सहमत भएको जानकारी दिएका हुन् । त्यस्तै चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकाविरुद्ध गत अप्रिल २ देखि लगाइएको भन्सार दर ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ । नयाँ सहमति अनुसार अमेरिकाले चीनलाई हाल लगाएको १४५ प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत गर्ने भएको छ भने चीनले अमेरिकालाई लगाएको १२५…
Read More
जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् । अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।' उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् । ३९ बर्षिय हर्डले लेखेकी छन्- 'मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु…
Read More
भारतमा बन्द गरिएका ३२ विमानस्थल सुचारु

भारतमा बन्द गरिएका ३२ विमानस्थल सुचारु

काठमाडौँ । भारत-पाकिस्तान युद्धविराम पछि भारतमा बन्द गरिएका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत-पाकिस्तान तनावको बीचमा, यी विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको थियो । भारतीय विमानस्थल प्राधिकरणका अनुसार नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल प्रभावबाट नागरिक विमान सञ्चालनका लागि उपलब्ध भएका छन् । विज्ञप्तिमा, यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ । एयरलाइन्स कम्पनीहरुले सेवा सामान्य हुन केही समय लाग्न सक्ने बताएका छन् ।
Read More
शहरको मौलिक कथामा बनेको- के घर के डेरा : घर नं २

शहरको मौलिक कथामा बनेको- के घर के डेरा : घर नं २

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले शहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए । गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ । “नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक…
Read More