Babai News

गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट पौडेलको राजीनामा

गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट पौडेलको राजीनामा

गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट पौडेलको राजीनामा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् ।  डा. पौडेलले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसले गभर्नरमा डा. पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् । अब सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न नियुक्ति गर्नुपर्छ । पौडेलको राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने पर्छ भने त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने गर्छ, जसमा एक विज्ञ सदस्य र एक पूर्वगभर्नर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पौडेल विज्ञ सदस्यको रुपमा…
Read More
राप्रपाको पार्टी कार्यालयमा कमल थापा, लिङदेनसँग अर्थपूर्ण वार्ता

राप्रपाको पार्टी कार्यालयमा कमल थापा, लिङदेनसँग अर्थपूर्ण वार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । आइतबार राप्रपा मुख्यालय धुम्बाराही पुगेका थापाले लिङदेनसँग भेटवार्ता गरेका हुन् । भेटपछि लिङ्देनले थापालाई भेटेको तस्बीर सामाजिक सञ्जालमा राखेका छन् । भेटवार्तामा जेठ १५ बाट घोषणा गरिएको आन्दोलनसहित समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाएपछि थापा पहिलो पटक राप्रपा केन्द्रीय कार्यालयमा पुगेका हुन् । राजसंस्थाको पक्षमा एक ठाउमा बसेर आन्दोलन गर्ने लक्ष्यसहित पछिल्ला दिनहरुमा थापा र लिङदेन नजिकिएका छन् । हाल राजसंस्थाको पक्षमा आन्दोलन गर्न कार्यगत एकता गरेका थापा र लिङदेनले निकट भविष्यमा…
Read More
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । 'अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च…
Read More
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो । त्यस क्रममा उहाँले नीति तथा कार्यक्रम सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताउनुभयो ।
Read More
भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२…
Read More
प्रधानमन्त्री ओलीको प्रचण्डलाई ऐना हेरेर आफ्नै अनुहार हेरेर गाली नगर्न सुझाव

प्रधानमन्त्री ओलीको प्रचण्डलाई ऐना हेरेर आफ्नै अनुहार हेरेर गाली नगर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न प्रचण्डलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका माननीयज्यूहरूले टिप्पणी भन्दा पनि गाली गलौचको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिन । ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली…
Read More
फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

काठमाडौँ । बलिवुड फिल्म 'वार २'  एक एक्सन थ्रिलर फिल्म हो, जसमा ऋतिक रोशन र जुनियर एनटीआर पहिलो पटक सँगै देखिदैछन् । धेरै टलिउड निर्माताहरूको नजर यस फिल्मको तेलुगु संस्करणको बारेमा जानकारी बाहिर आएको छ । मिडिया रिपोर्ट अनुसार, ऋतिक रोशन र एनटीआर अभिनित फिल्म 'वार २' को तेलुगु संस्करणको लागि ठूलो सम्झौता गरिएको छ । यो फिल्म २०१९ को सुपरहिट स्पाई थ्रिलर 'वार' को सिक्वेल हो । ऋतिकले 'रअ' एजेन्ट मेजर कबीर धालीवालको भूमिका पुन: निर्वाह गर्नेछन् भने एनटीआर खलनायकको भूमिकामा देखिनेछन् । पहिलो फिल्मको सफलतापछि, वार २ लाई लिएर फ्यानहरूमा ठूलो उत्साह छ। यसको तेलुगु अधिकारको मूल्य ८५…
Read More
पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ- प्रधानमन्त्री ओली

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए । 'त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो…
Read More
चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । उनले भने,‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैंले कुरा उठाएको थिए । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ । त्यसलै कडाइपूर्वक सरकारले…
Read More
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाह विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दीगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेकाले यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने-   पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्‍याइरहेको कुरा सर्वबिदीत छ। यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत हामीले वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण…
Read More