Babai News

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल सुरु।

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल सुरु।

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल सुरु।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका प्रमुख तीन दलका शीर्ष नेताहरू बीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा महत्वपूर्ण छलफल सुरु भएको छ। आजको छलफलमा प्रमुख रूपमा संक्रमणकालीन न्यायको विषयमा विचार विनिमय गरिने छ। गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत अन्य नेताहरू पनि यस छलफलमा सहभागी भएका छन्। टीआरसी (संक्रमणकालीन न्यायको आयोग) का विषयका साथै पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरूको गतिविधिहरू बारे पनि छलफल हुने जनाइएको छ। यस बैठकबाट केहि ठोस निर्णयहरू आउन सक्ने अपेक्षा गरिएको छ।
Read More
“नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन।” गगन थापा।

“नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन।” गगन थापा।

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा राजतन्त्र र गणतन्त्र सँगसँगै जस्तो सम्भव नहुने निष्कर्षमा पुगेका छन्। उनले सोमबार आयोजित नेपाली कांग्रेस सुनसरीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका राजतन्त्रको ऐतिहासिक स्थिति र परिवर्तनको बारेमा गम्भीर टिप्पणी गरे। महामन्त्री थापाले भने, "नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन।" उनले ०१५ सालमा बीपी कोइराला प्रधानमन्त्री बनेपछि तत्कालीन राजा महेन्द्रले संवैधानिक राजतन्त्र स्वीकारेर बसेको भए, आजको जस्तो परिस्थिति आउने थिएन भन्ने विचार व्यक्त गरे। थापाले आफूले उक्त निष्कर्षमा पुग्नाका कारणको चर्चा गर्दै भने, "नेपाली कांग्रेसको इतिहासमा राजतन्त्र र गणतन्त्र सँगसँगै जान सक्दैन भन्ने बुझाइ परिवर्तन भएको हो।" यो टिप्पणीले नेपाली राजनीति र…
Read More
घोराहीमा आगलागी, साङ्ग्रिला प्लाई उद्योगमा करोडौँको क्षति।

घोराहीमा आगलागी, साङ्ग्रिला प्लाई उद्योगमा करोडौँको क्षति।

दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर ९ स्थित खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको छ, जसका कारण उद्योगमा करोडौँ रुपैयाँको क्षति भएको छ। प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा फैलिएको सो उद्योगमा आगलागीका कारण नजिकका ३० भन्दा बढी घरलाई जोखिम परेको छ। आगलागीको समयमा ती घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ, र उनका सामान बाहिर निकाल्ने प्रक्रिया जारी छ। आगलागीबाट प्लाई बनाउने काठ, कच्चा पदार्थ र मेसिनजस्ता सामग्रीहरू नष्ट भएका छन्। घटनाको जानकारीपछि, दमकलका २ वटा टिम र प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, र स्थानीयवासीहरूले रातभरि मिलेर आगो निभाउने प्रयास गरिरहेका छन्। अहिले पनि…
Read More
स्पेनले नेदरल्याण्ड्सलाई ५-४ ले हराउँदै तेस्रो पटक सेमिफाइनलमा ।

स्पेनले नेदरल्याण्ड्सलाई ५-४ ले हराउँदै तेस्रो पटक सेमिफाइनलमा ।

बाँके। साविक विजेता स्पेनले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको रोमाञ्चक दोस्रो लेग ३-३ को बराबरीमा सकिएको थियो। पहिलो लेगमा पनि २-२ को बराबरी भएको थियो। समग्रमा ५-५ को बराबरीपछि पेनाल्टी सुटआउटमा स्पेनले सफलता प्राप्त गर्यो। खेलको महत्त्वपूर्ण क्षणहरू खेलको आठौं मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए। ५४ औं मिनेटमा नेदरल्याण्ड्सका मेम्फिस डेपेले पेनाल्टीमा गोल गर्दै बराबरी ल्याए। ६७ औं मिनेटमा ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। त्यसपछि ७९ औं मिनेटमा इयान मास्टेनले उत्कृष्ट गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए। १ सय ३ मिनेटमा स्पेनका लामिन यमलले…
Read More
महाअभियोग लागेका राष्ट्रपति हान डक सुलाई पुनर्बहाली ।

महाअभियोग लागेका राष्ट्रपति हान डक सुलाई पुनर्बहाली ।

बाँके दक्षिण कोरियाली संवैधानिक अदालतले सोमबार महाभियोग लगाइएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई पदमा पुनर्बहाली गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, संसद्ले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपति हान डक सु अहिले पदमा फर्किएका हुन्। गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएको थियो। त्यसपछि, प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बनेका थिए। तर, राष्ट्रपति योलविरुद्धको महाभियोगको प्रक्रिया अदालतमा अघि बढाउन रोकेपछि उनलाई पनि संसद्ले महाभियोग लगाएको थियो। सोमबार, संवैधानिक अदालतका बहुमत न्यायाधीशहरूले महाभियोग प्रस्ताव अस्वीकृत गरेपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किएका हुन्। अदालतले हानको पदमा पुनर्बहाली गरेपछि उनले धन्यवाद ज्ञापन गर्दै भने, “निलम्बनमा रहँदा…
Read More
मुख्यमन्त्रीको निर्देशनमा अवैध सेतो अण्डा नष्ट ।

मुख्यमन्त्रीको निर्देशनमा अवैध सेतो अण्डा नष्ट ।

बाँके। मधेश प्रदेशसँग जोडिएको नेपाल र भारत अव्यवस्थित सीमानाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरी बलले बरामद गरी नष्ट गर्ने कार्य तीव्र बनाएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने पोल्ट्रीजन्य पदार्थहरू जस्तै अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि, सशस्त्र प्रहरी बलले सेतो अण्डाको ओसारपसार र बिक्रीवितरणलाई रोक्न सक्रिय अभियान चलाउँदै आएको छ। त्यसै क्रममा आइतबार सशस्त्र प्रहरी बलले विभिन्न बिक्रेताहरुले अवैध रुपमा बेचविखन गरिरहेको सेतो अण्डा बरामद गरि नष्ट गरेको छ । मुख्यमन्त्री सिंहले गत फागुन २१ गते सुरक्षा अधिकारीलाई दिइएको निर्देशनपछि,…
Read More
पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु।

पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु।

बाँके। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालकहरू डुडुवा गाउँपालिका २, बेतहनीका विशाल गोडिया र शिवकुमार गोडिया रहेका छन्। यी दुई बालकहरू स्थानीय नौरीगौडी एकेडेमीको एल.के.जी. कक्षामा अध्ययनरत थिए र विद्यालयबाट फर्किँदै गर्दा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको हो। प्रत्यक्षदर्शीका अनुसार, बालकहरू सडकमा लडेर चिच्याउँदै गर्दा ट्यांकरले उनीहरूलाई पछाडि किचेको थियो। घटनाको जानकारी दिँदै बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने, "ट्यांकरको ठक्करपछि बालकहरू घटनास्थलमै ज्यान गुमाएका हुन् ।" मृतक बालकहरू सहोदर दाजु-भाई रहेको प्रहरीले पुष्टि गरेको छ। घटनापछि स्थानीय बासिन्दाले विरोधस्वरूप ट्यांकरमा आगजनी गरेका छन् र प्रहरी…
Read More
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसँग उपस्थित थिए। उनले नेपालको संविधानको धारा ५३ र सुशासन ऐन, २०६४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका छन्। यस क्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए।
Read More
किरणको शतकमा सुदूरपश्चिम प्रदेशको जित तर पनि प्रतियोगिताबाट बाहिरियो ।

किरणको शतकमा सुदूरपश्चिम प्रदेशको जित तर पनि प्रतियोगिताबाट बाहिरियो ।

काठमाडौं। सुदूरपश्चिम प्रदेशले आइतबारको खेलमा कोशी प्रदेशलाई ३१ रनले पराजित गर्दै आफ्नो तेस्रो जित हासिल गरेको छ। कोशी प्रदेशले २ सय ४३ रनको विजय लक्ष्य पछ्याएको थियो, तर सुदूरपश्चिमको बलिङ दबाबका कारण कोशी प्रदेश ४५.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो । यस खेलमा सुदूरपश्चिमका ओपनर किरण ठगुन्नाले शतकीय पारी खेल्दै टिमको जीतमा प्रमुख योगदान पुर्याएका छन् । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय १५ रन बनाएका थिएका हुन् । बलिङतर्फ सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिएका थिए भने भोजराज भट्टले २ विकेट लिए। यस जितसँगै सुदूरपश्चिम ८ खेलबाट ६ अंक बनाउन…
Read More
गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताए।

गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताए।

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा लेखकले विवाहको उमेर सम्बन्धी ऐनमा संशोधन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। उनले आइतबार सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै, विवाहको उमेर १८ वर्ष तोक्ने वा रोमियो जुलियट कानून लागू गर्ने बारे छलफल भइरहेको जानकारी दिए। गृहमन्त्री लेखकले भने, "हामी अहिले विवाहको उमेर घटाउने वा १८ वर्षमा स्थिर गर्ने विषयमा विचार गर्दैछौं। अर्को विकल्प भनेको रोमियो जुलियट कानून लागू गर्ने हो, जसमा १६ देखि १८ वर्षका व्यक्तिहरूको शारीरिक सम्बन्धलाई प्रेम सम्बन्धको रूपमा मानिन्छ।" उनले थपे, "केही देशहरूले यो कानून लागू गरेका छन् र यसले शारीरिक सम्बन्धलाई बलात्कारको रूपमा देखिदैन, बरु यो प्रेम…
Read More