बाँके। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा जनजागरण अभियानमा आइतबार देखी सुरु गरेका छन् । विप्लवले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहर्याई रहेका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिएका छन् । साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनको भनाइ छ । यसै क्रममा, महासचिव विप्लवको झापा…
दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथेल्याब मेसिन…
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४३ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने नयाँ सूची तयार गरेको घोषणा गरेका छन्। यस सूचीमा भुटानसहित ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ। अमेरिकाको प्रमुख समाचार पत्रिका द न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारअनुसार, यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन रहेका छन्। यी देशका नागरिकहरूलाई अब अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ हुनेछ। यसैगरी, अमेरिकी भिसा दिने प्रक्रियामा कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सिएरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तानको नाम पनि रहेको छ। नयाँ सूचीमा, ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे अन्य…
बाँके। इराकका प्रधानमन्त्री मोहम्मद अल-सुदानीले शुक्रबार इस्लामिक स्टेट आइ एस आइ समूहका एक उच्च पदाधिकारी मारेको जानकारी दिएका छन्। सुदानीले एक विज्ञप्तिमा भनेका छन् कि इराकका लागि "खलीफा उप सहायक, अब्दुल्ला मकी मसलह अल-रफाई" मारिएका छन्। अल-रफाई कति समय अघि र कहाँ मारेका थिए, विज्ञाप्तीमा त्यो भने स्पष्ट गरिएको छैन। यद्यपि यसमा अमेरिकाको कस्तो भूमिका थियो भन्ने विवरण आएको छैन। इराकी प्रधानमन्त्रीले भनेका छन् कि इराकका गुप्तचर सेवा कार्यालयको "सफल अपरेसन"मा अल-रफाई मारिएका हुन्। सुदानीले यसलाई आफ्नो देशका लागि "महत्वपूर्ण सुरक्षा उपलब्धि" भनेर वर्णन गरेका छन्। त्यसै समयमा, इराकका विशेष अपरेशन्स बलहरूले एक सामाजिक मिडिया पोष्टमा भनेका छन् कि अल-रफाई…
बाँके। इराकका प्रधानमन्त्री मोहम्मद अल-सुदानीले शुक्रबार इस्लामिक स्टेट आइ एस आइ समूहका एक उच्च पदाधिकारी मारेको जानकारी दिएका छन्। सुदानीले एक विज्ञप्तिमा भनेका छन् कि इराकका लागि "खलीफा उप सहायक, अब्दुल्ला मकी मसलह अल-रफाई" मारिएका छन्। अल-रफाई कति समय अघि र कहाँ मारेका थिए, विज्ञाप्तीमा त्यो भने स्पष्ट गरिएको छैन। यद्यपि यसमा अमेरिकाको कस्तो भूमिका थियो भन्ने विवरण आएको छैन। इराकी प्रधानमन्त्रीले भनेका छन् कि इराकका गुप्तचर सेवा कार्यालयको "सफल अपरेसन"मा अल-रफाई मारिएका हुन्। सुदानीले यसलाई आफ्नो देशका लागि "महत्वपूर्ण सुरक्षा उपलब्धि" भनेर वर्णन गरेका छन्। त्यसै समयमा, इराकका विशेष अपरेशन्स बलहरूले एक सामाजिक मिडिया पोष्टमा भनेका छन् कि अल-रफाई…
काठमाडौँ । शाओमीले शाओमी १५ (फिफ्टीन) अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको लन्च समारोहमा ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो । शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १-इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको फोनमा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ । मोबाइलमा ६.७३-इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १-१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ ।…
बाँके। सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञको लागि २ करोड ७६ लाख सङ्कलन भएको लागी भएको छ । हरिवन नगरपालिका वडा नम्बर ९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार मात्र रु ४२ लाख सहयोग सङ्कलन भएको हो । रकम अभावका कारण दनुुवारीमा भवन अधुरै भएकोले भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यकता छ । संयोजक थापाका अनुसार रकम जुटाउन आश्रमले हरिवनले ११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट २ करोड ७६ लाख सङ्कलन भयो । महायज्ञमा हरिवन…
काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो। उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…
बाँके। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ७ देखि १३ मार्चसम्म भारतको नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रतियोगितामा नेपाली एथलीट प्रभा आङदेम्बेले महिला लङजम्पमा टी–४७ क्याटगोरीमा रजत पदक जित्नु भएको थियो। सोहि अवसरमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा फर्किएको टोलिलाई राखेपका सदस्यहरुले त्रिभुवन विमानस्थलमा पुगेर खेलाडीहरुलाई स्वागत गरेका छन् । यस प्रकारको पुरस्कारले नेपाली पारा एथलेटिक्सका खेलाडीहरूको हौसला बढाउने विश्वास लिएको राखेपका सदस्य एवं सचिव टंक घिसिङले बताएका छन्।
काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् । युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी वायुसेनाले भनेको छ, “रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।” युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ ।