काठमाडौँ | वाणिज्य बैंकहरुको आजदेखि नयाँ ब्याजदर लागू भएको छ । आज अर्थात् चैत १ गतेदेखि लागू हुने गरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । चैतका लागि अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । झन्डै एक दर्जन बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । चैतमा कुमारी बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याज दिने भएको छ । फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।
फाइल तस्वीर । काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् । पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।” पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी…
बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि देशभर चर्को विरोध सुरु भएको छ। बीबीसीका अनुसार बलात्कृत बालिकाको बिहीबार मृत्यु भएको हो। बालिकाकी आमाले दिएको जाहेरीअनुसार मागुरा सहरस्थित आफ्नी जेठी दिदीको घर गएकी बालिकालाई मार्च ५ राति बलात्कार गरिएको हो। प्रहरीले बालिकाकी ती दिदीका श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको ठाउँ पुगेर घरमा आगो लगाइदिएको छ। बालिकालाई मार्च ८ तारिख अस्पताल भर्ना गरिएको थियो। राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा लगिएकी उनकी बालिकाको बिहीबार मृत्यु भएको हो।
नेपालले हङकङविरुद्ध सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए। पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो।
महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा महोत्तरीमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए। अहिले सई महतोलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नेपाल प्रहरीले भने पीडित पक्षको जाहेरी प्राप्त भइनसकेको बताएको छ। जाहेरी आएपछि थप कारबााही अगाडि बढाइने महोत्तरी प्रहरीले जनाएको छ।
बाँके। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शंखरापुरका जनताले सख्खर कोसेली दिएका छन्। शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका जाने क्रममा काठमाडौं शंखरापुरका कार्यकर्ताले स्वागत गरेका थिए। माओवादीबाट तर्फबाट निर्वाचित शंखरापुर–१ का वडा अध्यक्ष बेदनारायण दंगाल (बाबुराम) सहितका जनप्रतिनिधि तथा कार्यकर्तारुले वडा कार्यालयमा स्वागत गरेका थिए। स्वागतपछि जनप्रतिनिधिले विकास निर्माणको अवस्था, कृषि, स्वास्थ्यका समस्या जानकारी गराउँदै समाधानका लागि ध्यानाकर्षण गराएको अध्यक्ष दंगालले जानकारी दिए। वडा कार्यालयमा आयोजित कार्यक्रमा पूर्वप्रधानमन्त्री दाहाललाई लगनशिल कृषि समूहका अध्यक्ष विनोद ढकालले स्थानीय उत्पादन सख्खर कोसेली दिए।
बाँके। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न अस्पताल तथा पोलिकिनिकहरुको अनुगमन गरेका छन् । बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका हुन् । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग टेलिफोनमार्फत कुरा गर्दै इजरायल-हमास युद्धको बीचमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभयो। राष्ट्रपति अल-सिसीले यो विषयमा प्रयास जारी रहेको जानकारी दिएर, इजरायल-हमास बन्दी आदानप्रदान प्रक्रियामा नेपाललाई सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराममा इजिप्टको महत्वपूर्ण भूमिका को सराहना गर्दै, आगामी सगरमाथा संवाद कार्यक्रम २०२५ मा राष्ट्रपति अल-सिसीलाई निमन्त्रणा गर्नुभएको छ। दुवै नेताबीच संयुक्त राष्ट्रसंघमा सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र द्विपक्षीय सम्बन्धको विस्तारको विभिन्न पक्षमा पनि छलफल भएको थियो। यो संवादले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र…
काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् । परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।
बाँके। बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बलातीमा घर भएको ६० वर्षीय बलिराम थारुको बुधबार राती हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले बस्तीको करीब थारुलाई आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । राती करीब ११ बजेर ४५ मिनेटको समयमा घर नजिकको बारीमा आएको जङ्गली हात्तीलाई धपाउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी गराएका हुन् । डिएसपी ऋषिरामका भने, ‘ बलिराम थारुले बारीमा आएको हात्ती धपाउने क्रममा हात्तीले टाउको कुल्चिँदा घटना स्थलमै थारुको मृत्यु भएको हो,’ क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ एसपी सापसहितको टोली घटना स्थलतर्फ गएको डिएसपी मगरले जानकारी दिए ।