Babai News

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसँग उपस्थित थिए। उनले नेपालको संविधानको धारा ५३ र सुशासन ऐन, २०६४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका छन्। यस क्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए।
Read More
किरणको शतकमा सुदूरपश्चिम प्रदेशको जित तर पनि प्रतियोगिताबाट बाहिरियो ।

किरणको शतकमा सुदूरपश्चिम प्रदेशको जित तर पनि प्रतियोगिताबाट बाहिरियो ।

काठमाडौं। सुदूरपश्चिम प्रदेशले आइतबारको खेलमा कोशी प्रदेशलाई ३१ रनले पराजित गर्दै आफ्नो तेस्रो जित हासिल गरेको छ। कोशी प्रदेशले २ सय ४३ रनको विजय लक्ष्य पछ्याएको थियो, तर सुदूरपश्चिमको बलिङ दबाबका कारण कोशी प्रदेश ४५.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो । यस खेलमा सुदूरपश्चिमका ओपनर किरण ठगुन्नाले शतकीय पारी खेल्दै टिमको जीतमा प्रमुख योगदान पुर्याएका छन् । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय १५ रन बनाएका थिएका हुन् । बलिङतर्फ सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिएका थिए भने भोजराज भट्टले २ विकेट लिए। यस जितसँगै सुदूरपश्चिम ८ खेलबाट ६ अंक बनाउन…
Read More
गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताए।

गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताए।

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा लेखकले विवाहको उमेर सम्बन्धी ऐनमा संशोधन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। उनले आइतबार सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै, विवाहको उमेर १८ वर्ष तोक्ने वा रोमियो जुलियट कानून लागू गर्ने बारे छलफल भइरहेको जानकारी दिए। गृहमन्त्री लेखकले भने, "हामी अहिले विवाहको उमेर घटाउने वा १८ वर्षमा स्थिर गर्ने विषयमा विचार गर्दैछौं। अर्को विकल्प भनेको रोमियो जुलियट कानून लागू गर्ने हो, जसमा १६ देखि १८ वर्षका व्यक्तिहरूको शारीरिक सम्बन्धलाई प्रेम सम्बन्धको रूपमा मानिन्छ।" उनले थपे, "केही देशहरूले यो कानून लागू गरेका छन् र यसले शारीरिक सम्बन्धलाई बलात्कारको रूपमा देखिदैन, बरु यो प्रेम…
Read More
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसँग उपस्थित थिए। उनले नेपालको संविधानको धारा ५३ र सुशासन ऐन, २०६४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका छन्। यस क्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए।
Read More
बाजुरामा छाउप्रथा पुनः बढ्दै, महिलाहरूको बीचमा त्रास।

बाजुरामा छाउप्रथा पुनः बढ्दै, महिलाहरूको बीचमा त्रास।

बाजुरा । बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बनेको कारण महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन्। यहाँका धामीझाँक्रीहरूले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाउने भन्दै डर देखाउन थालेपछि महिलाहरू पुनः छाउगोठमा बस्न बाध्य भएका छन्। महिनावारी भएको बेला महिलाहरूको घरमा बस्न चाहनासमेत पाउने आशा थियो, तर धामीझाँक्रीहरूको दबाब र देवताको डरका कारण उनीहरूले छाउगोठमा बस्न थालेका छन्। पार्वती थापाले यस प्रथाको बारेमा बोल्दै भनिन्, "महिनावारी भएको बेला घरमा सुत्न चाहन्छु, तर देवताको डरले मलाई घरमा बस्न दिँदैन, त्यसैले म छाउगोठमा जान बाध्य छु।" छाउगोठको प्रथा विरुद्ध केही वर्षअघि गरेको अभियानमा लगभग ५ हजार २ सय ११ वटा छाउगोठ भत्काइएको थियो।…
Read More
स्पोर्ट पार्किङमा ६६ वर्षीय पुरुष मृतफेला, हत्या आशंका।

स्पोर्ट पार्किङमा ६६ वर्षीय पुरुष मृतफेला, हत्या आशंका।

भक्तपुर । भक्तपुरको बोडे, मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ स्थित पिकनिक स्पोर्टको पार्किङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान खोटाङका ६६ वर्षीय ओमप्रकाश राईको रुपमा पहिचान भएको छ। उनी कवाड संकलनको काम गर्दथे। शवको परीक्षण गर्दा उनको कान र टाउकोमा चोट र शरीरका विभिन्न भागमा निलडाम फेला परेका छन्। प्रहरीले हत्या गरिएको आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ। मृतकको शव पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको प्रहरीले जानकारी गराएको छ ।
Read More
`पूर्वराजालाई राप्रपाको अध्यक्ष बनाए हुन्छ ।´देउवा

`पूर्वराजालाई राप्रपाको अध्यक्ष बनाए हुन्छ ।´देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी गरेका छन्। आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शाहलाई राजनीतिक दल खोलेर खुला राजनीतिमा आउन सुझाव दिए। देउवाले भने, "पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्। उनीसँग अहिले त्यो भूमिका भोलिको राजनीतिमा पनि रहने छैन।" देउवाले शाहलाई राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)को अध्यक्ष बनाउन सुझाव दिँदै भने, "तपाईं राप्रपा खोलेर त्यसको अध्यक्ष बन्नुहोस् र खुला राजनीतिमा आउनुहोस्।" पूर्वप्रधानमन्त्री देउवाले राप्रपाको वर्तमान अवस्थाबारे पनि टिप्पणी गर्दै, "पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाइरहेका छन्। यसले पार्टीको…
Read More
उमेश राईले जिते ११ किलोको ट्रफी र १२ लाख नगद पुरस्कार।

उमेश राईले जिते ११ किलोको ट्रफी र १२ लाख नगद पुरस्कार।

काठमाडौ । गोर्खाली फिटनेसका उमेश राईले १७ औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता जितेका छन् । काठमाडौंमा भएको प्रतियोगितामा राईले ओभरअलतर्फ ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि जितेका हुन्। यस उपाधिसँगै उनले १२ लाख नगद, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र र चीन घुम्ने अवसर प्राप्त गरेका हुन्। राई यस अघि १६ औं संस्करणका पनि विजेता थिए। उपविजेता ललित धिमालले ६ लाख नगद पुरस्कार प्राप्त गरे, जबकि तृतीय स्थानमा रहेका दाङका माधव सुवेदीले ३ लाख नगद प्राप्त गरे। २ पटक उपाधि जित्ने उमेश राई तेस्रो खेलाडी बनेका छन्, यसअघि नरेश महर्जन र सानु गुरुङले २ पटक उपाधि जितेका थिए। धर्मश्री शारीरिक…
Read More
पालिका अध्यक्ष सहित ३ जना विरुद्ध जातीय छुवाछुत विरुद्ध जाहेरी दर्ता ।

पालिका अध्यक्ष सहित ३ जना विरुद्ध जातीय छुवाछुत विरुद्ध जाहेरी दर्ता ।

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको आयोजनाका नाममा डोम परिवारलाई घरदेखि उठीबास लगाउने घटना सार्वजनिक भएको छ। पीडित परिवारले जातीय भेदभाव र छुवाछुतको मुद्दामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र एक अन्य व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका छन्। शुक्रबार दर्ता भएको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई आरोपित बनाइएको छ। उक्त घटनामा, महायज्ञ स्थलगत घरलाई डोजर लगाएर भत्काइने क्रममा पीडित दीपक मल्लिक र उनका परिवारलाई अछूतको आरोपमा हदैसम्मको भेदभाव र अपमान भोग्न परेको छ। प्रहरीले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका बजरंगी बाबाको खोजी कार्य भइरहेको…
Read More
`नेताहरूको अवसरवादी प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रको बदनामी।´ झलनाथ खनाल

`नेताहरूको अवसरवादी प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रको बदनामी।´ झलनाथ खनाल

काठमाडौँ, नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तामा पुगेका नेताहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्रको प्रतिष्ठामा धक्का लागेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले २०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमा उद्योगधन्दा स्थापना गरेर रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको स्मरण गराए। उनले भने, “क्रान्तिमार्फत जनताले जुन सपना देखेका थिए, त्यसलाई सत्तामा पुगेकाहरूले कहिल्यै पनि वास्ता गरेनन्। अहिले त्यसको परिणाम देशले भोगिरहेको छ।” खनालले वर्तमानमा दलाल पुँजीपतिहरूको प्रभाव बढेको र कमिसनको खेलमा नेताहरूको संलग्नता रहेको जिकिर गरे। उनले भने, “कम्युनिस्ट पार्टीको नाम राखे पनि दलाल पुँजीपतिहरूका दलाली गर्ने बाहेक अरू केही…
Read More