Babai News

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

काठमाडौँ । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौँ मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताएका छन् ।
Read More
चितवनको विजयी सुरुवात, टाइब्रेकरमा मकवानपुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश।

चितवनको विजयी सुरुवात, टाइब्रेकरमा मकवानपुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश।

हेटौंडा। हेटौंडामा सुरु भएको मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ। शुक्रबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चितवनले प्रतियोगितामा सेमिफाइनल स्थान सुरक्षित गरेको हो। निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट तय गरिएको थियो। चितवनको तर्फबाट अनिता गुरुङले खेलको दोस्रो हाफको १० औं मिनेटमा गोल गरेकी थिइन् भने मकवानपुरका लागि सजिना स्याङ्तनले अतिरिक्त समयको ६३ औं मिनेटमा बराबरी गोल फर्काइन्। टाइब्रेकरमा चितवनका भावना क्षेत्री, अस्मिता चौधरी, सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरे। मकवानपुरका लागि सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले…
Read More
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना, दुई पत्रकारको हत्या।

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना, दुई पत्रकारको हत्या।

काठमाडौं। नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइले दिएको विवरण अनुसार २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मका घटनामा १ सय ५१ जना पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणको शिकार भएका हुन्। महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको छ। यस्तै, पेशागत असुरक्षासम्बन्धी १६ वटा घटनासमेत अभिलेख भएका छन्। महासङ्घले शनिबार, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै पत्रकारहरूमाथि धम्की, धरपकड, दुव्र्यवहार र हिंसात्मक घटनाहरू लोकतन्त्रमाथिकै गम्भीर प्रहार भएको जनाएको छ। विशेषगरी गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक…
Read More
शीतयुद्धपछि कै उच्च: विश्व सैन्य खर्च २७ खर्ब डलर नाघ्यो।

शीतयुद्धपछि कै उच्च: विश्व सैन्य खर्च २७ खर्ब डलर नाघ्यो।

बाँके। शीतयुद्धको अन्त्यपछि पहिलो पटक विश्व सैन्य खर्च झन्डै १० प्रतिशतले बढेर नयाँ कीर्तिमान कायम भएको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) द्वारा प्रकाशित नयाँ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर कुल सैन्य खर्च २७ खर्ब १८ अर्ब अमेरिकी डलर पुगेको छ, जुन १९८८ यताकै सबैभन्दा ठूलो वृद्धि हो। विश्वको कुल सैन्य खर्चको झण्डै आधा हिस्सा अमेरिका र चीनले लिएका छन्। अमेरिका एक्लैले करिब १० खर्ब डलर खर्च गर्दा चीनले ३ खर्ब १४ अर्ब डलर खर्च गरेको हो। अमेरिकाको बजेटमा एफ–३५ लडाकु विमान, नौसेनाका नयाँ जहाज, आणविक हतियारको आधुनिकीकरण, र क्षेप्यास्त्र प्रणालीहरूमा उल्लेख्य हिस्सा खर्च गरिएको छ। साथै, युक्रेनलाई मात्र…
Read More
पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
Read More
मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हाे। प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।  
Read More
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने नवलपरासी पूर्वको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। कार्यालयका सूचना अधिकारी अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन्। यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए। रासस
Read More
किट कलेजमा फेरि नेपाली विद्यार्थी मृत फेला

किट कलेजमा फेरि नेपाली विद्यार्थी मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाह बिहीबार राति मृत फेला परेकी छन् । वीरगन्ज निवासी शाहको शव कलेजकै होस्टेल कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रिसा शाह अर्को एक जना नेपाली छात्रासँग होस्टेलमा बस्दै आएकी थिइन् । शव फेला परेपछि कलेज प्रशासन, स्थानीय प्रहरी र नेपाली दूतावासका प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन् । भुवनेश्वर प्रहरीले शव परीक्षण (पोस्टमार्टम) शाहको परिवार नआएसम्म नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल कूटनीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा राज्य सरकार तथा…
Read More
कोशी प्रदेश लगानी सम्मेलन सुरु

कोशी प्रदेश लगानी सम्मेलन सुरु

विराटनगर । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
Read More
‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’
Read More