होमेन्द्र थापा
चैत १३ गते
बर्दिया, नेपाल प्रेस युनियन बर्दियको आयोजनामा होली मिलन कार्यक्रम भएको छ । रंगहरुको पर्व होली तथा फागुपूर्णिमा २०८० को अवसर पारी सोमवार युनियनले होली मिलन कार्यक्रम गरेको हो ।
आयोजित होलि मिलन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एव संघीय सांसद माननिय संजय कुमार गौतम, नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेपाल प्रेस युनियन बर्दियाका निवर्तमान अध्यक्ष द्वय राजेन्द्र प्रसाद धिताल, ज्योति पन्थी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेघराज सिग्देल र प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ सापकोटा, नेपाल निजामती कर्मचारी युनियन बर्दियाका अध्यक्ष द्रोणराज शर्मा, नेपाल शिक्षक संघ गुलरिया नगर कार्यसमितिका सभापति मदन सिग्देल, निर्माण व्यवसायी महासंघ बर्दियाका सचिव जगदीश अधिकारी अतिथिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा संघीय सांसद माननिय संजय कुमार गौतम, नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेपाल प्रेस युनियन बर्दियाका निवर्तमान अध्यक्ष द्वय राजेन्द्र प्रसाद धिताल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेघराज सिग्देल, नेपाली काङ्ग्रेस बर्दियाका पूर्व सचिव विद्या प्रसाद खनाल, बर्दिया क्षेत्र नं १ ख का सभापति विरबहादुर चौधरी, गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष सुधान्सु शर्मा, नेपाली काँग्रेसका नेता मुलचन्द यादव, गुलरिया नगरपालिकाका निवर्तमान उपप्रमुख सुशीला गिरी लगाएतका अतिथिहरुले होली मिलनको शुभकामना व्यक्त गर्नु भएको थियो । मनतव्यको क्रममा अतिथिहरुले होली पर्वको धार्मिक र सांस्कृतिक महत्व रहेको कुरा प्रकाश पार्नु भएको थियो । शुभकामना मनतव्यको क्रममा अतिथिहरुले हिजोको रिस, शत्रुता र वैमनुश्यतालाई तोडेर, राजनितिको कुरालाई बिर्सेर आज होली पर्वको दिन भाईचाराको हिसावले सव्य रुपले मिलेर होली खेल्न सबैमा अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा सम्पुर्ण सहभागीहरुले एक आपसमा अविरको टिका लगाउन,े शुभकामना आदनप्रर्दन गरी खुशी साटासाट समेत गरेरका थिए । कार्यक्रममा अन्य अतिथिहरु नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय दत्त देवकोटा, रामचन्द्र थापा र भिमलाल विक, नेपाली काङ्ग्रेसका नेता शम्भुप्रसाद रिजाल, नेपाली काङ्ग्रेस नेता मनोज बर्मा काङ्ग्रेस नेता खडानन्द तिवारी मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, नेपाल दलित संघ बर्दियाका सचिव नैन सुनार, गुलरिया नगरपालिका वडा नं ४ का बडा अध्यक्ष सुरेश गौतम, वडा नं १ का बडा अध्यक्ष जोगिराम थारु, मधुवन नगरपालिका बडा नं ८ बडा अध्यक्ष मेघराज गुरुङ, बडा नं ५ का बडा अध्यक्ष दिलीप गुरुङ लगायतको समेत सहभागीता रहेको थियो ।

Facebook Comments Box