होमेन्द्र थापा
चैत १५ गते
आज देखी सुरु भएको एसईई परिक्षामा बर्दियाको ३४ वटा परिक्षा केन्द्रबाट विद्यार्थीले परिक्षा दिदैछन । जिल्लाका ८९ वटा सामुदायिक, २७ वटा संस्थागत र ५ वटा प्रविधिक धार तर्फका गरी ११६ वटा माध्यमिक विद्यालयबाट ७ हजार बढी विद्यार्थीले एसईईको परिक्षा दिने भएका हुन ।
एसईई परीक्षामा नियमित तर्फ ३ हजार ४ सय ९५ जना छात्रा र ३ हजार १ सय ३ जना छात्र छन् । यसै गरी ग्रेडवृद्धि तर्फ २ सय १५ जना छात्रा र १ सय ९८ जना गरी जम्मा ७ हजार ८ जना परीक्षाथीले परिक्षा दिना पाउने शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ । जिल्लाका ८ वटा स्थानीय तहहरुमा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । ३४ वटा केन्द्रका लागि ३४ जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ३ सय ५१ जना निरिक्षक ७९ जना परिक्षा सहायक सहित ५ सय ५३ जना जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियका सुचना अधिकारी रविन्द्र दहितले बताउनु भयो ।
बर्दियाको ८ स्थानीय तह मध्ये गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकामा ५÷५ वटा एवम मधुवन, ठाकुरबाबा, राजापुर, र वाँसगढी नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा ४÷४ वटा परिक्षा केन्द्र तोकिएको छ । बर्दियाको ३४ वटा परिक्षा केन्द्र मध्ये बाँसगढी नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी केन्द्रमा सवैभन्दा वढी ३ सय ५८ जना परिक्षार्थीले परिक्षा दिनेछन । भने गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुर केन्द्रवाट सवैभन्दा कम १ सय १८ जना परिक्षार्थीहरुले परिक्षा दिने भएका छन् । नियमित तर्फका ६ हजार ५ सय ९५ मध्ये ७१ जना छात्रा र ९७ जना छात्र गरी १ सय ६८ जना प्राविधिकधारका विद्यार्थीले सहभागिता जनाउन लागेको दहितले जानकारी दिनु भयो ।

Facebook Comments Box