मुुरली गोडिया
चैत १६ गते

प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शशक्त बालिका परियोजनाले विद्यार्थीको प्रयोगात्मक ज्ञान अभिबृद्धिका लागी प्रयोगशालामा प्रयोग हुने समाग्री हस्तान्तरण गरिएको छ । परियोजनाको सहयोग तथा बर्दियाको राजापुर नगरपालिकाको समन्वयमा वडा नम्बर ७ मा अवस्थित भेरी माध्यामिक विद्यालय धोबिनीपुरका विद्यार्थीहरुका लागी आवश्यक पर्ने बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको शसक्त बालिका परियोजनाका संयोजक मनोज पौडेलले जानकारी गराउनु भएको छ ।

९ लाख ५१ हजार ९ सय २५ रुपैया बराबरको प्रयोगशाला सामग्रीले विज्ञानको विषयमा प्रयोगात्मक रुपमा विद्यार्थीलाई अब्बल बनाउने अपेक्षा गरिएको संयोजक पौडेलले बताउनु भयो । राजापुर नगरपालिका सामाजिक बिकास समितीका संयोजक रमेश दहित, वडा नं ८ का अध्यक्ष राजेश थारु र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका सचिव युवराज श्रेष्ठले बिज्ञान प्रयोगशाला सामग्री बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद ढुङ्गाना प्रधानाध्यापक महादेव प्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

बिज्ञान प्रयोगशाला सामग्री उपलब्ध गराएकोमा अध्यक्ष ढुंगानाले संस्थालाई धन्यवाद दिनु भएको छ । विद्यार्थीहरुलाई शैद्धान्तिक मात्र नभई प्रयोगशालामा प्रयोगात्मक क्रियाकलापका लागी समाग्रीको आवश्यकता पर्ने भएकोले नेतृत्वकारी भुमिका खेलेकोमा राधाकृष्ण थारु जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल र राजापुर नगरपालिकालाई धन्यवाद दिदै समाग्रीको उचित प्रयोग गरिने व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले बताउनु भयो । सामाजिक बिकास समिती संयोजक रमेश दहितले राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालीकामा शिक्षा, पोषण, बालविकास लगायतका क्षेत्रमा उल्लेखनिय कार्य गरेको तर्फ प्रष्ट पार्दै नगरपालिकाको समन्वयमा भेरी माबिलाई प्रयोगशाला सामाग्री प्रदान गरिएको जानकारी गराउनु भयो । हस्तान्तरण गरिएको प्रयोगशाला सामग्रीले बिद्यार्थीहरुलाई लक्षित गरि बढी भन्दा बढी सिकाइ गर्ने र प्रयागात्मक रुपमा अब्बल बन्नु पर्ने आग्रह गर्नु भयो ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले राजापुर नगरपालिकामा शिक्षा क्षेत्रलाई मध्यनजर गरि विद्यालयलाई समाग्री सहयोग गर्न पाउदा आफु हार्षित भएको उल्लेख गर्दै राजापुर पालिकामा अन्य सहयोग सँगै जन चेतनामुलक कार्यक्रमहरु गर्दै लैजाने बताउनुभयो । शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी संचालनमा रहेको छ भने परियोजना जुन २०२५ सम्म संचालनमा रहने संयोजक मनोज पौडेलले जानकारी गराउनु भयो ।

Facebook Comments Box