काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनकथा आधारित फिल्म ‘अञ्जिला’ हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका सबै निकायलाई अनुरोध गरेको छ। सोमबार एक सामूहिक पत्राचारमार्फत एन्फाले देशभरका ७ प्रदेश, ४८ जिल्ला संघ, ४२ क्लबहरू, साथै महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघलाई नजिकको हलमा सामूहिक रूपमा फिल्म हेर्न व्यवस्था मिलाउन र सामाजिक सञ्जाल मार्फत प्रचार गर्न आग्रह गरेको हो। एन्फाले फुटबलप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अपिल गरेको छ। फिल्म ‘अञ्जिला’ अहिले देशभर प्रदर्शन भइरहेको छ र यसले एन्जिलाको इलामदेखि राष्ट्रिय फुटबल टोलीसम्मको संघर्षपूर्ण यात्रालाई चित्रण…
धनुषा । धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
बाँके। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने बारेमा दिएको अभिव्यक्ति प्रतिनिधिसभामा आलोचनाको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले उनको अभिव्यक्तिलाई लिएर सरकार संग प्रश्न उठाएका छन् । उनले सरकार यौन व्यवसाय गर्न लएको हो भन्दै प्रश्न गरेका छन् । त्यस्तै सत्तारुढ नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यत्तिलाई आपत्तिजनक भन्दै कडा विरोध जताएकी छन् । सांसद कोइरालाले भने, "नेपाली समाजको मूल्य र मान्यता विपरीत गरिमामय सदनमा यस्तो निष्कृष्ट धारणा राख्ने अधिकार उनलाई कस्ले दियो?" र उनले थपे, "त्यस्तो अभिव्यक्तिले समाजमा के असर पार्ने हो, त्यसको हेक्का राखी बोल्नुपर्ने हो।" कोइरालाले घिमिरेको अभिव्यक्तिका…
बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित सडकमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्। काठमाडौँको टोखा डेरामा बस्ने ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले ५ सय ४७ किलोग्राम ग्राम गाँजासहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरेको मिनिट्रकलाई जाँच गर्ने क्रममा गाँजाले भरिएको ट्रक फेला पारेको छ । ट्रकको माथि टिनको फल्स बटम बनाएर कालो त्रिपालले छोपिएको अवस्थामा गाँजा सहित सलिनलाईपक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले श्रमिकहरूको अधिकार र सुविधाको उल्लंघन भइरहँदा सरकारले बेवास्ता गर्दै आएको आरोप समेत लगाएका हुन् । अर्यालले युएई र मलेसियाका सेक्युरिटी कम्पनीहरूमा कार्यरत श्रमिकहरूको गुनासो सुनाउँदै भने, “सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो आएको छ। म्यानपावर कम्पनीहरूले मोटो रकम असुलेर भनेजस्तो काम नदिने र गुनासो गरेपछि धम्क्याउने गरेको पाइन्छ।” उनले श्रमिकहरूको पीडा बुझ्न नसकेको र उनीहरूको हकमा उचित व्यवस्था नतोकिएको भन्दै सरकारसँग हस्तक्षेपको माग गरेका छन्। अर्यालले श्रमिकहरूको कठिनाइलाई सम्बोधन गर्न र म्यानपावर कम्पनीहरूको अनियमितता रोक्न…
बाँके। मधेश प्रदेश सरकारले चेतावनी दिएको छ कि यदि राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षको नियुक्ति गोलाप्रथाबाट नगरे प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन प्रक्रियामा सहभागिता जनाउने छैन। प्रदेशको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको छ, जसको आधारमा मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार एक विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा स्पष्ट उल्लेख गरिएको छ कि प्रदेश सरकारको शैक्षिक सुधारको लक्ष पूरा गर्न र परीक्षा प्रणालीमा पारदर्शिता ल्याउन केन्द्राध्यक्षको नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने बताइएको छ । यस निर्णयको क्रममा, प्रदेश सरकारले शिक्षाका सन्दर्भमा सुधारको आवश्यकता र आगामी परीक्षा प्रक्रियामा समानता र स्वच्छता सुनिश्चित गर्नका लागि गोलाप्रथाबाट चयनको…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारको यौन व्यवसायलाई अनुमति दिने निर्णयप्रति आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पर्यटक भित्र्याउने उद्देश्यमा सरकार वेश्यालय सञ्चालन गर्न लागेको भन्ने प्रश्न उठाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आइतबार यौन व्यवसाय र गाँजा खेतीलाई खुलेर स्वीकार गरि पर्यटन भित्र्याउनु पर्ने कुरामा जोड दिएका थिए। यसै विषयमा आपत्ति जनाउँदै सिंहले भने, "देशको आर्थिक विकासका लागि ज्यादा खर्च गर्ने पर्यटक ल्याउन यौन पर्मिट लाइसेन्स ल्याउनुपर्ने भन्ने कुरा एउटा जिम्मेवार सरकारको सदस्यले भनेका छन्। यस्तो व्यवसाय, वेश्यालय, कोठी चलाउने काम सरकारले नै गर्ने त होइन?" सिंहले नेपाललाई देव…
बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार प्रहरीले निराजन बमलाई मकवानपुरबाट पक्राउ गरेको हो। प्रहरीले निराजनलाई पक्राउ गरेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।