Babai News

“पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले बुझ्छन् सरकारबाट लाखौं रकम ।”

“पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले बुझ्छन् सरकारबाट लाखौं रकम ।”

“पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले बुझ्छन् सरकारबाट लाखौं रकम ।”

काठमाडौँमा घर भएका पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीलाई सरकारले लाखौं रकम घर भाडा र अन्य खर्चका रूपमा उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा यादवको लागि ४६ लाख २५ हजार ६ सय १५ रुपैयाँ र भण्डारीका लागि ३५ लाख १८ हजार ५ सय ५५ रुपैयाँ खर्च गरिएको छ। यसमा तलब, घर भाडा, कर्मचारीको तलब, बिजुली र पानीको खर्च समावेश छ। यी पूर्वराष्ट्रपतिलाई सरकारले एक उपसचिव, हलुका सवारी चालक र कार्यालय सहयोगी उपलब्ध गराएको छ, र दुवैका लागि मासिक रूपमा भाडा भुक्तानी गरिएको छ।
Read More
नवनियुक्त महानिरीक्षक दीपक थापाले भने, परिवर्तन आफैबाट सुरू गर्ने ।

नवनियुक्त महानिरीक्षक दीपक थापाले भने, परिवर्तन आफैबाट सुरू गर्ने ।

बाँके। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी भित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गर्दै थापाले आफूबाट सुधारको प्रक्रिया सुरू गर्ने विचार व्यक्त गरे। उनले प्रहरी सेवा सुधारमा बाह्य दबाबको आवश्यकता नरहेको र सुधारको पहल आफैबाट शुरु गर्नु पर्नेमा जोड दिए। थापाले भने, "प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। सुधारको लागि साइत कुरेर बस्नको ठाउँ छैन। परिवर्तनको प्रारम्भ म भित्रैबाट सुरू गर्नुपर्नेछ।" उनले मुलुकको शान्ति सुरक्षा र मानव अधिकारको प्रत्याभूति गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै, प्रहरी कर्मचारीको कार्यक्षमता मूल्यांकनमा सुधार ल्याउने आफ्नो उद्देश्य राखे। नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबारको बैठकले थापालाई नेपाल प्रहरीको…
Read More
इजरायलको गाजा पट्टीमा फेरि आक्रमण, ४४ जनाको मृत्यु।

इजरायलको गाजा पट्टीमा फेरि आक्रमण, ४४ जनाको मृत्यु।

बाँके। इजरायलले गाजा पट्टीमा पुन: हवाई आक्रमण सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजा क्षेत्रमा धेरै विस्फोटहरूको आवाज सुनिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई हमलामा कम्तीमा ४४ जना मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, १९ जनवरीको युद्धविरामपछि यी इजरायलीका गाजा विरुद्धका सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमण तब भएको छ , जब दुवै पक्षबीच युद्धविरामलाई अगाडि बढाउने कुरामा वार्ता अलपत्र पर्यो। इजरायल र हमास बीचको १९ जनवरीको युद्धविराम सम्झौतामा कसरी कायम राख्ने भन्नेमा असहमतिका कारण वार्ता असफल भएको छ। अमेरिका र अरब मध्यस्ताहरूले पछिल्ला दुई हप्तामा दुवै पक्षलाई युद्धविराममा सम्झाउन असफल भएका छन्। इजरायली सेनाले भनेको…
Read More
एन्फाले ‘अञ्जिला’ फिल्म हेर्न अनुरोध गरेको छ।

एन्फाले ‘अञ्जिला’ फिल्म हेर्न अनुरोध गरेको छ।

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनकथा आधारित फिल्म ‘अञ्जिला’ हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका सबै निकायलाई अनुरोध गरेको छ। सोमबार एक सामूहिक पत्राचारमार्फत एन्फाले देशभरका ७ प्रदेश, ४८ जिल्ला संघ, ४२ क्लबहरू, साथै महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघलाई नजिकको हलमा सामूहिक रूपमा फिल्म हेर्न व्यवस्था मिलाउन र सामाजिक सञ्जाल मार्फत प्रचार गर्न आग्रह गरेको हो। एन्फाले फुटबलप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अपिल गरेको छ। फिल्म ‘अञ्जिला’ अहिले देशभर प्रदर्शन भइरहेको छ र यसले एन्जिलाको इलामदेखि राष्ट्रिय फुटबल टोलीसम्मको संघर्षपूर्ण यात्रालाई चित्रण…
Read More
चोकको नाममा विवाद हुँदा चल्यो गोलि ।

चोकको नाममा विवाद हुँदा चल्यो गोलि ।

धनुषा । धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
Read More
ब्राउनसुगरसहित ३ जनालाई पक्राउ ।

ब्राउनसुगरसहित ३ जनालाई पक्राउ ।

धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
Read More
यौन व्यवसायको प्रस्ताव राष्ट्रिय सभामक आलोचनाको विषय ।

यौन व्यवसायको प्रस्ताव राष्ट्रिय सभामक आलोचनाको विषय ।

बाँके। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने बारेमा दिएको अभिव्यक्ति प्रतिनिधिसभामा आलोचनाको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले उनको अभिव्यक्तिलाई लिएर सरकार संग प्रश्न उठाएका छन् । उनले सरकार यौन व्यवसाय गर्न लएको हो भन्दै प्रश्न गरेका छन् । त्यस्तै सत्तारुढ नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यत्तिलाई आपत्तिजनक भन्दै कडा विरोध जताएकी छन् । सांसद कोइरालाले भने, "नेपाली समाजको मूल्य र मान्यता विपरीत गरिमामय सदनमा यस्तो निष्कृष्ट धारणा राख्ने अधिकार उनलाई कस्ले दियो?" र उनले थपे, "त्यस्तो अभिव्यक्तिले समाजमा के असर पार्ने हो, त्यसको हेक्का राखी बोल्नुपर्ने हो।" कोइरालाले घिमिरेको अभिव्यक्तिका…
Read More
बलात्कार-हत्या घटनामा याचिका दायर गर्न सर्वोच्च अनुमति दियो।

बलात्कार-हत्या घटनामा याचिका दायर गर्न सर्वोच्च अनुमति दियो।

बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।  
Read More
५ सय ४७ किलोग्राम गाँजा सहित पक्राउ ।

५ सय ४७ किलोग्राम गाँजा सहित पक्राउ ।

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित सडकमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्। काठमाडौँको टोखा डेरामा बस्ने ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले ५ सय ४७ किलोग्राम ग्राम गाँजासहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरेको मिनिट्रकलाई जाँच गर्ने क्रममा गाँजाले भरिएको ट्रक फेला पारेको छ । ट्रकको माथि टिनको फल्स बटम बनाएर कालो त्रिपालले छोपिएको अवस्थामा गाँजा सहित सलिनलाईपक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
वैदेशिक रोजगारीका श्रमिकहरूको समस्या समाधान गर्न आवश्यक।

वैदेशिक रोजगारीका श्रमिकहरूको समस्या समाधान गर्न आवश्यक।

बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले श्रमिकहरूको अधिकार र सुविधाको उल्लंघन भइरहँदा सरकारले बेवास्ता गर्दै आएको आरोप समेत लगाएका हुन् । अर्यालले युएई र मलेसियाका सेक्युरिटी कम्पनीहरूमा कार्यरत श्रमिकहरूको गुनासो सुनाउँदै भने, “सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो आएको छ। म्यानपावर कम्पनीहरूले मोटो रकम असुलेर भनेजस्तो काम नदिने र गुनासो गरेपछि धम्क्याउने गरेको पाइन्छ।” उनले श्रमिकहरूको पीडा बुझ्न नसकेको र उनीहरूको हकमा उचित व्यवस्था नतोकिएको भन्दै सरकारसँग हस्तक्षेपको माग गरेका छन्। अर्यालले श्रमिकहरूको कठिनाइलाई सम्बोधन गर्न र म्यानपावर कम्पनीहरूको अनियमितता रोक्न…
Read More