Babai News

समाचार

ब्राउनसुगरसहित ३ जनालाई पक्राउ ।

ब्राउनसुगरसहित ३ जनालाई पक्राउ ।

धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
Read More
यौन व्यवसायको प्रस्ताव राष्ट्रिय सभामक आलोचनाको विषय ।

यौन व्यवसायको प्रस्ताव राष्ट्रिय सभामक आलोचनाको विषय ।

बाँके। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने बारेमा दिएको अभिव्यक्ति प्रतिनिधिसभामा आलोचनाको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले उनको अभिव्यक्तिलाई लिएर सरकार संग प्रश्न उठाएका छन् । उनले सरकार यौन व्यवसाय गर्न लएको हो भन्दै प्रश्न गरेका छन् । त्यस्तै सत्तारुढ नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यत्तिलाई आपत्तिजनक भन्दै कडा विरोध जताएकी छन् । सांसद कोइरालाले भने, "नेपाली समाजको मूल्य र मान्यता विपरीत गरिमामय सदनमा यस्तो निष्कृष्ट धारणा राख्ने अधिकार उनलाई कस्ले दियो?" र उनले थपे, "त्यस्तो अभिव्यक्तिले समाजमा के असर पार्ने हो, त्यसको हेक्का राखी बोल्नुपर्ने हो।" कोइरालाले घिमिरेको अभिव्यक्तिका…
Read More
बलात्कार-हत्या घटनामा याचिका दायर गर्न सर्वोच्च अनुमति दियो।

बलात्कार-हत्या घटनामा याचिका दायर गर्न सर्वोच्च अनुमति दियो।

बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।  
Read More
निराजन बमलाई रिहा गर्न धवलको माग।

निराजन बमलाई रिहा गर्न धवलको माग।

बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार प्रहरीले निराजन बमलाई मकवानपुरबाट पक्राउ गरेको हो। प्रहरीले निराजनलाई पक्राउ गरेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।
Read More
विप्लवले सुरु गरे जनजागरण अभियान ।

विप्लवले सुरु गरे जनजागरण अभियान ।

बाँके। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा जनजागरण अभियानमा आइतबार देखी सुरु गरेका छन् । विप्लवले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहर्‍याई रहेका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिएका छन् । साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनको भनाइ छ  । यसै क्रममा, महासचिव विप्लवको झापा…
Read More
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि  क्याथेल्याब मेसिन…
Read More
टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार  बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको  दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो।  उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर  गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…
Read More
नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

बाँके। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ७ देखि १३ मार्चसम्म भारतको नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रतियोगितामा नेपाली एथलीट प्रभा आङदेम्बेले महिला लङजम्पमा टी–४७ क्याटगोरीमा रजत पदक जित्नु भएको थियो। सोहि अवसरमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा फर्किएको टोलिलाई राखेपका सदस्यहरुले त्रिभुवन विमानस्थलमा पुगेर खेलाडीहरुलाई स्वागत गरेका छन् । यस प्रकारको पुरस्कारले नेपाली पारा एथलेटिक्सका खेलाडीहरूको हौसला बढाउने विश्वास लिएको राखेपका सदस्य एवं सचिव टंक घिसिङले बताएका छन्।
Read More
युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् । युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी वायुसेनाले भनेको छ, “रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।” युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ ।
Read More
आजदेखि बैंकमा नयाँ ब्याजदर लागु

आजदेखि बैंकमा नयाँ ब्याजदर लागु

काठमाडौँ |  वाणिज्य बैंकहरुको आजदेखि नयाँ ब्याजदर लागू भएको छ । आज अर्थात् चैत १ गतेदेखि लागू हुने गरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । चैतका लागि अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । झन्डै एक दर्जन बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । चैतमा कुमारी बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याज दिने भएको छ । फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।
Read More