Babai News

शिक्षा

मरणासन्न हुनेगरी विद्यार्थीलाई कुट्पिट गरी अनुशासन इन्चार्ज फरार

मरणासन्न हुनेगरी विद्यार्थीलाई कुट्पिट गरी अनुशासन इन्चार्ज फरार

झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत  विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्। कक्षामा होहल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।      
Read More
एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ असार ६ ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने…
Read More
न्युटन्स  बाल क्लब पुन: गठन, अध्यक्षमा न्यौपाने

न्युटन्स बाल क्लब पुन: गठन, अध्यक्षमा न्यौपाने

अन्स न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गर्दै न्यूटन्स् बाल क्लबले चौथो अधिबेशन सम्पन्न गरेको छ । पुर्न:गठित क्लबको उपाध्यक्षमा सोनाली विमली,कोषाध्यक्ष केबिसा गुरागाईं , सचिव न्युसन थापा ,सहसचिव युवराज ल्वागुन चयन भएका छन् भने सदस्यहरु पुजा ताम्लिङ , प्रज्वल थापा ,संकेत कट्टेल, सन्दिप प्रसाई, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दिपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल, सान्वी बराइली सर्वसम्मत चयन गरिएको बाल क्लबकि फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजेकेशन एकाडेमिमा रहेको बालक्लबले विविध रचनात्मक गतिविधि गर्दै आएको छ । सदस्य निशा भट्टराईले स्वागत गरेको कार्यक्रममा…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
Statistical Analysis Summarized

Statistical Analysis Summarized

Chuda Prasad Dhakal, PhD Institute of Agriculture and Animal Sciences, Tribhuvan University 1. Background Statistics can be defined as the science of learning from data. According to Sermento and Costa (2019), one of its primary goals is to extract information from data to gain a better understanding of the situations it represents. Statistical analysis, on the other hand, involves investigating trends, patterns, and relationships using quantitative data (A step-by-step guide to statistical analysis, n.d.). DePoy et al. (2016) also note that statistical analysis involves the organization and interpretation of data according to well-defined, systematic, and mathematical procedures and rules. In…
Read More
राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

काठमाडौँ । ‘नेपालको सामाजिक तथा राजनीतिक परिवेशमा पठन संस्कृति ओझेल हुँदै गइरहेको सन्दर्भमा ज्ञानशाला अनुसन्धान केन्द्रको निर्माणले नयाँ आयाम थपेको’ भाषा आयोगका सदस्य मातृका पोखरेलले बताउनु भयो । भाद्र २४ गतेका दिन केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै वहाँले सो धारणा राख्नुभएको हो ।  काठमाडौँको १६ नं. वडास्थित नयाँबजारको उत्तम चोकमा खुलेको अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्राज्ञ पोखरेलले ‘सामाजिक तथा राजनीतिक क्षेत्रमा विकृतिहरू बढ्दै जानुमा ज्ञानको गहिराई सम्म पुग्ने प्रवृत्ति हट्दै जानु हो’ बताउनु भयो ।  उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, समाजसेवीहरू घनश्याम न्यौपाने, रामदेव पाण्डे, हेमराज आश्रम, सुवास देवकोटा, भक्ति लामिछाने, सुवास जि.सी., सुकदेव दाहाल,…
Read More
सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै  ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ ।  २०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने…
Read More
  लौरी टेकेर स्कुल जान्छन् ९० वर्षका प्रेमबहादुर 

  लौरी टेकेर स्कुल जान्छन् ९० वर्षका प्रेमबहादुर 

दाङ । पिठ्युँमा झोला, एक हातमा लट्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ– दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यति बेला डाँगी कक्षा १ मा पढिरहेका भेटिन्छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा…
Read More