Babai News

समाचार

आज तीन फिल्म प्रदर्शनमा

आज तीन फिल्म प्रदर्शनमा

काठमाडौँ । आजदेखि फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् । फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् । फिल्म ‘माग्ने राजा’लाई देशभर १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारीमा शो उपलब्ध गराइएको छ भने फिल्म ‘ताराहरू’ ले केवल ३० शो मात्र पाएको देखिएको छ । तर, शो संख्या पहिलो दिनमा दर्शकको साथ अनुसार दोस्रो दिनदेखि परिवर्तन हुदै जाने हुन्छ । फिल्म ‘माग्ने राजा’ मा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिका निभाएका छन् भने फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय रहेको छ । ऋषि लामिछानेको…
Read More
लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण हो- झलनाथ खनाल

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण हो- झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण भएको बताएका छन् ।शुक्रबार विज्ञप्ति जारी गर्दै नेता खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपाली भूमिमाथिको अतिक्रमणमात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका हुन् ।उनले भनेका छन् नेपाल विरोधी सम्झौता खारेज गर । नेपालका सम्पूर्ण भूभागहरू फिर्ता गर ।।यही अगस्ट १९, २०२५ (३ भदौ, २०८२) मा चीन र भारतका बीच दिल्लीमा सम्पन्न भएको १२ बुँदे सम्झौताको ९ औँ बुँदामा लिपुलेक पासबाट दुई देश बीच व्यापारलाई पुनः सुरु गर्ने जुन सम्झौता गरिएको…
Read More
बेनी–जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध

बेनी–जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध

पोखरा । म्याग्दीको बेनी –जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको लेदो पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
Read More
लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

काठमाडौँ । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले…
Read More
बर्दियामा जुवाको खालबाट नगद र तास सहित १० जना नियन्त्रणमा

बर्दियामा जुवाको खालबाट नगद र तास सहित १० जना नियन्त्रणमा

बर्दिया– बर्दियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद र तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बाँसगढी वडा नं.३ शान्तिपुर स्थित खिम बहादुर महतको घरबाट प्रहरीले ५४ हजार ३ सय १५ रूपैयाँ र २ गड्डी तास सहित १० जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटि गएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा राति १२ः१५ बजे छापा मार्दा निज महतको घरबाट नगद, तास र ५ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपाल जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ (सात) दिनको म्याद…
Read More
गुलरियामा पूर्व प्रहरी दिवस मनाउँदै मन्दिर सरसफाई र वृक्षारोपण

गुलरियामा पूर्व प्रहरी दिवस मनाउँदै मन्दिर सरसफाई र वृक्षारोपण

बर्दिया– नेपाल पूर्व प्रहरी दिवसको अवसरमा बर्दियाको गुलरियामा मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बर्दियाले गुलरिया–५ स्थित सन्तोषी माताको मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी सहभागी भई मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न जातका फलफुलका विरुवा रोपिएका थिए । स्थानीयवासीले प्रहरी तथा पूर्व प्रहरी संगठनले अघि सारेको यस पहलले धार्मिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको बताएका छन् । यस किसिमका कार्यक्रमले समुदायमा सरसफाई र हरियाली संरक्षणको महत्वलाई बढावा दिने विश्वास…
Read More
बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु, गुलरियामा स्थानीयद्वारा प्रदर्शन

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु, गुलरियामा स्थानीयद्वारा प्रदर्शन

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी खेतमा धान गोड्न गएकी ४५ वर्षीया जगतरानी थारु शनिबार बिहान खेत नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनापछि स्थानीयबासीले गुलरिया बजारमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बाघ नियन्त्रणमा लिन र अब यस किसिमको घटना नदोहरिने सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने लगायतका माग गरेका छन् । घटनास्थलमा मृतकको साइकल, घाँस भएको बोरा, फरुवा र हँसिया फेला परेको थियो । त्यहाँ चितुवाको पञ्जाको छाप र रगतको टाटो पनि देखिएको थियो । स्थानीय सुरज चौधरीले मृतकको शरीर टाउको अलग भएको अवस्थामा…
Read More
बर्दिया लगायत ४१ जिल्लामा बाढीको जोखिम

बर्दिया लगायत ४१ जिल्लामा बाढीको जोखिम

बर्दिया– जल तथा मौसम विज्ञान विभागले बर्दिया सहित देशभरका ४१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको सुचना दिएको छ। विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लासहित पूर्व, मधेस र गण्डकीका केही जिल्लामा नदी–खोलाको बहाव बढेर आकस्मिक बाढीको जोखिम हुने अनुमान गरेको हो । कपिलवस्तु, वाग्लुङ, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला हुँदै बहने नदीहरूको बहाव उल्लेख्य बढ्ने विभागले जानकारी दिएको छ । त्यस्तै, डोटीदेखि कञ्चनपुरसम्मका केही नदी तथा खोलामा आकस्मिक बाढीको खतरा रहेको छ भने पूर्वी जिल्लाहरूको नदी तथा खोलामा पनि जोखिमको पूर्वानुमान गरिएको छ । आज बिहानको…
Read More
आयोगको निर्णय, नाउपाको अध्यक्षमा रञ्जिता यथावत

आयोगको निर्णय, नाउपाको अध्यक्षमा रञ्जिता यथावत

काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ यथावत रहने निर्णय गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानका आधारमा श्रेष्ठ नै अध्यक्ष कायम रहने निर्णय गरेको हो । साउन १५ गते काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन थियो । आयोगले पार्टी दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा चौधरीको नाम समावेश नभएकाले उहाँलाई अध्यक्षको रूपमा मान्यता दिन नसकिने निर्णय गरेको समेत स्रोतले जानकारी गराए । स्रोत भन्छन्, बर्दियाबाट २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र चौधरी नाउपामा प्रवेश गरेको थिए ।…
Read More
अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन बर्दिया प्रशासनको आग्रह

अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन बर्दिया प्रशासनको आग्रह

बर्दिया — जिल्ला प्रशासन कार्यालय, बर्दियाले अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन आग्रह गरेको छ । प्रशासनले पत्र जारी गर्दै सामाजिक संजाल र अपरिचित फोन कलमार्फत फैलिरहेका ठगी, झूटा सूचना र अफवाहबाट सचेत रहन सबै नागरिकलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा विगत केही समयदेखि सामाजिक संजालमा विभिन्न खालका झूटा फोनकल, समाचार, अफवाह तथा गलत सूचना अत्यावश्यक रूपमा फैलिरहेको र जनसमुदायमा भय, असमझदारी, सामाजिक द्वन्द्व आर्थिक रुपमा ठगी लगायतको घट्ना बढिरहेको उल्लेख गरिएको छ । प्रशासनले उल्लेखित घट्ना प्रति ध्यानाकर्षण गराउँदै फोन कल, मेसेन्जर र अन्य सञ्चार माध्यमबाट विदेश पठाउने, पुरस्कार पाउने…
Read More