बर्दिया — बर्दियाको गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी खेतमा धान गोड्न गएकी ४५ वर्षीया जगतरानी थारु शनिबार बिहान खेत नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनापछि स्थानीयबासीले गुलरिया बजारमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बाघ नियन्त्रणमा लिन र अब यस किसिमको घटना नदोहरिने सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने लगायतका माग गरेका छन् । घटनास्थलमा मृतकको साइकल, घाँस भएको बोरा, फरुवा र हँसिया फेला परेको थियो । त्यहाँ चितुवाको पञ्जाको छाप र रगतको टाटो पनि देखिएको थियो । स्थानीय सुरज चौधरीले मृतकको शरीर टाउको अलग भएको अवस्थामा…
बर्दिया– जल तथा मौसम विज्ञान विभागले बर्दिया सहित देशभरका ४१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको सुचना दिएको छ। विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लासहित पूर्व, मधेस र गण्डकीका केही जिल्लामा नदी–खोलाको बहाव बढेर आकस्मिक बाढीको जोखिम हुने अनुमान गरेको हो । कपिलवस्तु, वाग्लुङ, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला हुँदै बहने नदीहरूको बहाव उल्लेख्य बढ्ने विभागले जानकारी दिएको छ । त्यस्तै, डोटीदेखि कञ्चनपुरसम्मका केही नदी तथा खोलामा आकस्मिक बाढीको खतरा रहेको छ भने पूर्वी जिल्लाहरूको नदी तथा खोलामा पनि जोखिमको पूर्वानुमान गरिएको छ । आज बिहानको…
काठमाडौं – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ यथावत रहने निर्णय गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानका आधारमा श्रेष्ठ नै अध्यक्ष कायम रहने निर्णय गरेको हो । साउन १५ गते काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन थियो । आयोगले पार्टी दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा चौधरीको नाम समावेश नभएकाले उहाँलाई अध्यक्षको रूपमा मान्यता दिन नसकिने निर्णय गरेको समेत स्रोतले जानकारी गराए । स्रोत भन्छन्, बर्दियाबाट २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र चौधरी नाउपामा प्रवेश गरेको थिए ।…
बर्दिया — जिल्ला प्रशासन कार्यालय, बर्दियाले अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन आग्रह गरेको छ । प्रशासनले पत्र जारी गर्दै सामाजिक संजाल र अपरिचित फोन कलमार्फत फैलिरहेका ठगी, झूटा सूचना र अफवाहबाट सचेत रहन सबै नागरिकलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा विगत केही समयदेखि सामाजिक संजालमा विभिन्न खालका झूटा फोनकल, समाचार, अफवाह तथा गलत सूचना अत्यावश्यक रूपमा फैलिरहेको र जनसमुदायमा भय, असमझदारी, सामाजिक द्वन्द्व आर्थिक रुपमा ठगी लगायतको घट्ना बढिरहेको उल्लेख गरिएको छ । प्रशासनले उल्लेखित घट्ना प्रति ध्यानाकर्षण गराउँदै फोन कल, मेसेन्जर र अन्य सञ्चार माध्यमबाट विदेश पठाउने, पुरस्कार पाउने…
रन्जित बिक्रम शाह बर्दिया – बर्दिया प्रहरीले करिब तीन लाख बराबरको अवैध फेन्सी सामान नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी गस्ती टोलीले ठूलो परिमाणको अवैध फेन्सी सामान नियन्त्रण लिएको हो । जिल्लाको मधुवन नगरपालिका वडा नं. ३ स्थित धनौरा सिमलचोकमा प्रहरीले अवैध रूपमा नेपाल ल्याउँदै गरेको फेन्सी कपडा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । शुक्रबार राति करिब ९ः३० बजेको समयमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ३ सय १० पिस फेन्सी सामान पक्राउ गरिएको प्रहरीले बताए । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानमा २ सय ६८ पिस…
बर्दियाको गुलरियामा गाईजात्रा उत्साह र नाचगान सहित भव्य रूपमा मनाईएको छ । स्व. गोपालमान श्रेष्ठको सम्झनामा नेवा देय दवु गुलरिया नगर कमिटीद्धारा आयोजित गाईजात्रा परम्परागत पोशाक, बाजागाजा र नाचगान सहित गुलरिया बजार परिक्रमा गर्दै मनाईएको हो । गाईजात्रामा सहभागीहरूले स्व. श्रेष्ठको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । नेवारी परम्पराअनुसार गाईजात्रा दिवंगत परिवारजनको सम्झनामा आत्मा शान्तिको लागि गाई वा गाईको प्रतिक (मानिसले गाईको भेषमा) निकालिन्छ । लाखे नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नेवा दय दवुका अनुसार, सांस्कृतिक धरोहर जोगाउने र आगामी पुस्तालाई यसको महत्व बुझाउने उद्देश्यका साथ गाईजात्राको आयोजना गरिन्छ ।
काठमाडौं – युथ इको नेपालले एकै दिन २२ हजार सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ। युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस…
चन्द्र वि.क. बर्दिया– मौसमी खेतीको अत्यन्त महत्वपूर्ण समयमा मलखाद्य नपाउँदा बर्दियाका किसानहरू आन्दोलित भएका छन् । मल अभावका कारण बाली उत्पादनमा समस्या बढ्न थालेपछि जिल्लाको सदरमुकाम गुलरियामा कृषकहरूले सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । “मल दे, खेती बचाऊ” जस्ता नारासहित किसानहरूले प्रदर्शन र र्याली आयोजना गरेर आफ्नो आवाज सुनाए । किसानहरूले मल नपाउँदा भारतबाट महँगो मूल्यमा मल ल्याउन बाध्य भएको बताउँदै तत्काल पर्याप्त मल आपूर्ति गर्न माग गरेका थिए । किसानहरू भन्छन्, “कृषि विकासका लागि मल आवश्यक छ, तर यसबारे सरकारले ध्यान दिएको छैन , जसका कारण किसानहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको छ र बाली उत्पादनमा…
पुष्कर काफ्ले शान्तिबजार, बर्दिया गगन सिंह कुँवर फाउण्डेशन नेपालले एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा फाउण्डेशनको सहयोगमा तयार पारिएका ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको छ । बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने गरौँ लगायतका सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरणका लागि होर्डिङ बोर्ड निर्माणमा…
चन्द्र वि.क. बर्दिया जिल्ला भूमि अधिकार मञ्च, बर्दियाले भूमि ऐन २०७६ कार्यान्वयन र निस्सा पाएकाहरुको जग्गा नापी लगायतको माग गर्दै गुलरियामा दबाबमूलक ¥याली प्रदर्शन गरेको छ । “सामाजिक न्याय र समुन्नतीको लागि भूमि अधिकार” भन्ने मुल नाराका साथ जिल्लामा लामो समयदेखि थाँती रहेका भूमि सम्बन्धी अन्यायपूर्ण स्थिति विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउन र सम्बन्धित निकायमा दबाव सिर्जना गर्न मञ्चले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको हो । मञ्चले प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय र भुमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया मार्फत सरकारलाई तत्काल भूमि ऐन २०७६ कार्यान्वयन गरी स्पष्ट नीतिगत आधार तयार गर्न, नापी कार्य सम्पन्न गर्न र भूमिहीन, दलित तथा…