युरोकपको १७ औं संस्करण आजदेखि सुरू हुँदैछ।युरोकपमा तीन पटकसम्म उपाधि उचालेको जर्मनी यो संस्करणको आयोजक छ। जर्मनी चार पटकसम्मको विश्वकप विजेता पनि हो। सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन्। आयोजक जर्मनी समूह ‘ए’मा छ। उसको समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड छन्। उद्घाटन खेल आज राति पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच हुनेछ। एलियान्ज एरिनामा हुने खेल हेर्न ठूलो संख्यामा स्कटल्याण्डका समर्थकहरू म्युनिख पुग्ने क्रम जारी रहेको बिबिसीले उल्लेख गरेको छ।
जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो । एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका…
बिर्तामोड, जेठ ३० ।फर्स्ट स्टेप फिट्नेसको आयोजनामा झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना बारेमा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७०…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
काठमाण्डौ – साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो । अल हिलालको यो १९ औँ लिग उपाधि हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे । उसले एक गोल उपहार पायो । अल हाजमका फैज सेलेमानीले एक गोल फर्काए । अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ । उपाधि जितेको अल हिलालले लिगमा तीन खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा ७७ अङ्क छ । अल नासर…
काठमाडौँ । नेपाली क्रिकेट टोली आश्विन १० बाट १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ । नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो । क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ । नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि आश्विन २० गते खेल हुनेछ । सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा…
काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ । श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो। भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो। पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो। भारतसँग हार…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…