बर्दिया — गुलरिया नगरपालिका वडा नं. ८ स्थित बाईपास रोडमा रहेको “पृथ्वी पार्क” मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बंगलामुखी सामुदायिक सेवा केन्द्र बर्दिया, जय हरियाली अभियान, बास नेपाल तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयाेजनामा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हो । पृथ्वी विचारक अभियन्ता तथा जय हरियाली अभियान बर्दियाका कमल राज पाैडेल (देवकमल)ले वृक्षरोपण, सरसफाइ र हरियालीलाई प्राथमिकता दिएर पार्कको वातावरणीय महत्व बढाउन अभियानले निरन्तरता दिने बताउनुभयो । साेहि अवसरमा उहाँले केही दिन अगाडि राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा तोडफोड गर्ने अराजक व्यक्तिहरुकाे पहिचान गरी अविलम्ब कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुराेध समेत गर्नुभयाे । अभियन्ता…
पुष्कर काफ्ले शान्तिबजार, बर्दिया गगन सिंह कुँवर फाउण्डेशन नेपालले एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा फाउण्डेशनको सहयोगमा तयार पारिएका ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको छ । बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने गरौँ लगायतका सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरणका लागि होर्डिङ बोर्ड निर्माणमा…
चन्द्र वि.क. बर्दिया जिल्ला भूमि अधिकार मञ्च, बर्दियाले भूमि ऐन २०७६ कार्यान्वयन र निस्सा पाएकाहरुको जग्गा नापी लगायतको माग गर्दै गुलरियामा दबाबमूलक ¥याली प्रदर्शन गरेको छ । “सामाजिक न्याय र समुन्नतीको लागि भूमि अधिकार” भन्ने मुल नाराका साथ जिल्लामा लामो समयदेखि थाँती रहेका भूमि सम्बन्धी अन्यायपूर्ण स्थिति विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउन र सम्बन्धित निकायमा दबाव सिर्जना गर्न मञ्चले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको हो । मञ्चले प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय र भुमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया मार्फत सरकारलाई तत्काल भूमि ऐन २०७६ कार्यान्वयन गरी स्पष्ट नीतिगत आधार तयार गर्न, नापी कार्य सम्पन्न गर्न र भूमिहीन, दलित तथा…
बर्दिया — बर्दियाको गुलरियामा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष ‘नव सामन्ती’ लघुवित्त खारेज लगायतका माग गरेको छ । लघुवित्त तथा वित्तीय संस्थाले ग्रामीण महिलामाथि चरम आर्थिक र मानसिक शोषण गरिरहेको भन्दै उक्त समितिले ती संस्थाहरूलाई खारेज गरी लघुवित्त पीडितलाई न्याय दिन सरकार समक्ष माग राखेको हो । वित्तिय उत्पिडन विरुद्धको महिला सञ्जाल नेपालका केन्द्रिय संयोजक आशा कुमारी शन्जेलले लघुवित्त संस्था ‘नव सामन्ती’को रूपमा विकसित भइरहेको बताउनुभयो । उहाँले सामूहिक रूपमा अन्यायपूर्ण ऋण लगाएर महिलाहरूलाई आत्महत्या गर्न बाध्य बनाइ लघुवित्त संस्थाहरूले ग्रामीण जीवन तहसनहस बनाएको धारणा राख्नुभयो । संयोजक शन्जेलले भन्नुभयो, “हामीले धेरै…
चन्द्र वि.क. बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रगति विवरणमा प्रहरीको नेतृत्वदायी पहल देखिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले गत वर्ष जिल्लामा भएका विभिन्न अपराध, लागूऔषध कारोबार, आत्महत्या, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरी कार्यालयद्वारा गरिएको कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा जिप्रकाको तथ्यांक प्रस्तुत गर्नुहुँदै ब्राउन सुगर १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम सहित १ सय ८४ जना, चरेश २ किलोग्राम १ सय ६ ग्राम ८ सय मिलिग्राममा ५ जना,…
चन्द्र वि.क. बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लमसालले काम गर्ने क्रममा केही त्रुटिहरु भएपनि नियतवस आफनोे टिमबाट कुनै गम्भीर त्रुटि नभएको बताउनुभयो । उहाँले उक्त कुरा ठाकुरबाबा नगरपालिका कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८१ मा सम्पादित कार्यहरूका सम्बन्धमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया एवं समीक्षा कार्यक्रममा बताउनुभएको हो । प्रमुख लम्सालले पालिकाको विकास गर्ने क्रममा आफुहरु कुनै ठाउँमा नचुकेको धारणा राख्दै, आफुहरु निर्वाचित भएर आईसकेपछि पालिकावासीहरुको अवस्थालाई मध्येनजर गरेर सामाजिक विकासलाई अघि बढाउनुपर्ने निर्णय अनुसार कार्यगरिरहेका छौं जस अन्तरगत शिक्षा र स्वास्थ्यमा पालिकाले ठुलो उचाई हासिल गरेको छ भन्नुभयो । उहाँ थप्दै भन्नुहुन्छ, ठाकुर बाबाको चौतर्फी विकास गर्ने क्रममा भौतिक पुर्वाधार विकासलाई पनि…
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाई बर्दियाले जिल्लामा सञ्चालित जोन तथा सुपरजोनहरूको प्रगति हेर्न अन्तर निकाय संयुक्त अनुगमन गरेको छ । जिल्ला समन्वय समिति (जिसस), IALDO, जोन समन्वय समिति बर्दिया तथा सञ्चारकर्मीहरूको सहभागितामा अनुगमन टोलीले राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यान्वयन भइरहेका कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको हो । एकाई प्रमुख वीरेन्द्र राज पराजुलीले आर्थिक वर्ष २०८१/०८२ मा धान सुपरजोन अन्तर्गत राजापुर क्षेत्रमा चैते धानलाई विशेष प्राथमिकता दिइएको बताउनुभयाे । उहाँले भन्नुभयो, "नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राजापुर भएकाले चैते धानमा विशेष ध्यान दिएका छौं ।" परियोजनाले जिल्लाका विभिन्न पालिकामा धान, केरा र…
काठमाडौँ । भारत र इङ्ल्यान्डबीच लर्ड्समा जारी तेस्रो टेस्ट म्याचमा इङ्ल्यान्डको पहिलो इनिङ सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेपछि इङ्ल्यान्डले पहिलो इनिंगमा ३८७ रन बनाएर अलआउट भएको छ । इङ्ल्यान्डका लागि ब्याट्सम्यान जो रुटले १९९ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक १०४ रन बनाए । त्यसैगरी भारतका लागि जसप्रित बुमराहले फेरि एक पटक उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । दोस्रो टेस्टमा बुमराहलाई दोस्रो टेस्टमा आराम दिइएको थियो । त्यस्तै मोहमद सिराज र नितिस कुमार रेड्डीले २-२ विकेट लिए भने रविन्द्र जडेजाले एक विकेट लिए । अब भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ । इङल्याण्ड र…
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अपेक्षा अनुसार आर्थिक बर्ष २०८२-८३ को मौद्रिक नीति नआएको धारणा सार्बजनिक गरेको छ । नाडाले मौद्रिक नीतिप्रति असन्तुष्टि जनाउदै अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र होइन कहि कतै सम्बोधन समेत नगरिएको बताएको छ । नाडाले भनेको छ- 'मौद्रिक नीति हामी अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महशुस गरेका छौ । सो मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र होइन कहि कतै सम्बोधन समेत गरिएको छैन । सुधार गरिनु पर्ने अटोमोवाइल क्षेत्रसंग सम्बन्धित विद्यमान नीतिहरुलाई अहिले पनि यथावतै राखिएको छ ।' नाडाले सवारी साधनहरुको आयातको सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था…
रसुवामा आएको बाढीमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् । जिल्लाकाे बारबर्दियाबाट रसुवामा काम गर्न गएका पाँच युवाहरू बेपत्ता भएका हुन् । उत्तरी छिमेकी राष्ट्र चीनतर्फबाट रसुवागढी नाका भई नेपाल प्रवेश गरी भोटेकोशी नदीमा आएको बाढीमा बर्दियाका ५ जना नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको कुरा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी राेशन कुमार कठायतद्वारा जारी पत्रमा उल्लेख गरिएकाे छ । साे पत्रमा निजहरुको स्थायी ठेगाना एकीन नभएकाे र खोजीका लागि प्रशासन कार्यालयले सम्बन्धित निकायमा पहल गरिरहेकाे जनाईएकाे छ । बारबर्दिया नगरपालिका वडा नं. १० बस्ने जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु र सुरेश थारु बेपत्ता…