काठमाडौं – युथ इको नेपालले एकै दिन २२ हजार सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ। युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस…
चन्द्र वि.क. बर्दिया– मौसमी खेतीको अत्यन्त महत्वपूर्ण समयमा मलखाद्य नपाउँदा बर्दियाका किसानहरू आन्दोलित भएका छन् । मल अभावका कारण बाली उत्पादनमा समस्या बढ्न थालेपछि जिल्लाको सदरमुकाम गुलरियामा कृषकहरूले सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । “मल दे, खेती बचाऊ” जस्ता नारासहित किसानहरूले प्रदर्शन र र्याली आयोजना गरेर आफ्नो आवाज सुनाए । किसानहरूले मल नपाउँदा भारतबाट महँगो मूल्यमा मल ल्याउन बाध्य भएको बताउँदै तत्काल पर्याप्त मल आपूर्ति गर्न माग गरेका थिए । किसानहरू भन्छन्, “कृषि विकासका लागि मल आवश्यक छ, तर यसबारे सरकारले ध्यान दिएको छैन , जसका कारण किसानहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको छ र बाली उत्पादनमा…
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बर्दिया अहिले लुम्बिनी प्रदेशमा विकासको सम्भावना र छलफलको प्रमुख बिषय बनेको बताउनु भएकाे छ । जिल्लाकाे बढैयाताल गाउँपालिका–८ स्थित पशुपतिबजारमा रहेको बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रमा आयोजित निशुल्क सहयोगी सामग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । प्रदेशमा मन्त्री तिमिल्सिनाले जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विकासलाई कसरी अगाडि बढाउने र समृद्धि कसरी छाउने भन्ने बिषयमा छलफल हुने उल्लेख गर्नुभयाे । “बर्दियाको समृद्धिलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयाे, “जनताको सुख–दुखमा सधैं साथ रहने मेरो दायित्व हो, सबै समुदायका लागि समान अवसर सुनिश्चित गर्न म प्रतिबद्ध छु…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए । ट्रम्पले भनेका छन्- 'भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति…
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् । रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए । पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो । पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो ।
बर्दिया — गुलरिया नगरपालिका वडा नं. ८ स्थित बाईपास रोडमा रहेको “पृथ्वी पार्क” मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बंगलामुखी सामुदायिक सेवा केन्द्र बर्दिया, जय हरियाली अभियान, बास नेपाल तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयाेजनामा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हो । पृथ्वी विचारक अभियन्ता तथा जय हरियाली अभियान बर्दियाका कमल राज पाैडेल (देवकमल)ले वृक्षरोपण, सरसफाइ र हरियालीलाई प्राथमिकता दिएर पार्कको वातावरणीय महत्व बढाउन अभियानले निरन्तरता दिने बताउनुभयो । साेहि अवसरमा उहाँले केही दिन अगाडि राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा तोडफोड गर्ने अराजक व्यक्तिहरुकाे पहिचान गरी अविलम्ब कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुराेध समेत गर्नुभयाे । अभियन्ता…
पुष्कर काफ्ले शान्तिबजार, बर्दिया गगन सिंह कुँवर फाउण्डेशन नेपालले एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा फाउण्डेशनको सहयोगमा तयार पारिएका ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको छ । बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने गरौँ लगायतका सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो । सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरणका लागि होर्डिङ बोर्ड निर्माणमा…
चन्द्र वि.क. बर्दिया जिल्ला भूमि अधिकार मञ्च, बर्दियाले भूमि ऐन २०७६ कार्यान्वयन र निस्सा पाएकाहरुको जग्गा नापी लगायतको माग गर्दै गुलरियामा दबाबमूलक ¥याली प्रदर्शन गरेको छ । “सामाजिक न्याय र समुन्नतीको लागि भूमि अधिकार” भन्ने मुल नाराका साथ जिल्लामा लामो समयदेखि थाँती रहेका भूमि सम्बन्धी अन्यायपूर्ण स्थिति विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउन र सम्बन्धित निकायमा दबाव सिर्जना गर्न मञ्चले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको हो । मञ्चले प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय र भुमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया मार्फत सरकारलाई तत्काल भूमि ऐन २०७६ कार्यान्वयन गरी स्पष्ट नीतिगत आधार तयार गर्न, नापी कार्य सम्पन्न गर्न र भूमिहीन, दलित तथा…
बर्दिया — बर्दियाको गुलरियामा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष ‘नव सामन्ती’ लघुवित्त खारेज लगायतका माग गरेको छ । लघुवित्त तथा वित्तीय संस्थाले ग्रामीण महिलामाथि चरम आर्थिक र मानसिक शोषण गरिरहेको भन्दै उक्त समितिले ती संस्थाहरूलाई खारेज गरी लघुवित्त पीडितलाई न्याय दिन सरकार समक्ष माग राखेको हो । वित्तिय उत्पिडन विरुद्धको महिला सञ्जाल नेपालका केन्द्रिय संयोजक आशा कुमारी शन्जेलले लघुवित्त संस्था ‘नव सामन्ती’को रूपमा विकसित भइरहेको बताउनुभयो । उहाँले सामूहिक रूपमा अन्यायपूर्ण ऋण लगाएर महिलाहरूलाई आत्महत्या गर्न बाध्य बनाइ लघुवित्त संस्थाहरूले ग्रामीण जीवन तहसनहस बनाएको धारणा राख्नुभयो । संयोजक शन्जेलले भन्नुभयो, “हामीले धेरै…
चन्द्र वि.क. बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रगति विवरणमा प्रहरीको नेतृत्वदायी पहल देखिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले गत वर्ष जिल्लामा भएका विभिन्न अपराध, लागूऔषध कारोबार, आत्महत्या, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरी कार्यालयद्वारा गरिएको कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा जिप्रकाको तथ्यांक प्रस्तुत गर्नुहुँदै ब्राउन सुगर १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम सहित १ सय ८४ जना, चरेश २ किलोग्राम १ सय ६ ग्राम ८ सय मिलिग्राममा ५ जना,…